लभ इज लाइफ गीत रेकर्डिङमा

काठमाडौ, प्रेम र मित्रताका विषयमा निर्माण गर्न लागिएको चलचित्र लभ इज लाइफ यतिखेर धमाधम गीत रेकर्डिङमा लागेको छ । कमलपोखरीस्थित म्युजिसियन स्टुडियोमा रेकर्डिङ भइरहेका चलचित्रका गीतमा राजेशपायल राई र माण्डवी त्रिपाठीका साथमा चार नव गायक-गायिकाको स्वर रहनेछ । सो चलचित्रमा वसन्त सापकोटाले सङ्गीत भरेका छन् ।
गौतम क्रिएसन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रमेश गौतम र कार्यकारी निर्माता शङ्कर अधिकारी घायल हुन् । चलचित्रमा राजेश हमाल, शुभेक्षा थापा, कमल कृष्णको मुख्य भूमिका रहनेछ । घायलकै लेखन तथा गीत रहेको चलचित्रमा द्वन्द्व हिमाल केसी अनि नृत्य शिव शर्माको रहनेछ । चलचित्र आगामी ७ चैत्रबाट उपत्यकाका विभिन्न स्थानमा छायाङ्कन हुने कार्यकारी निर्माता घायलले जानकारी गराए । -सौस)

प्रतिक्रिया