चीनको वृद्धिदर आठ प्रतिशत तल

बेइजिङ, -एजेन्सी)
एजेन्सी २४, फागुन । चिनियां अर्थतन्त्रको विषयमा कुरा हुादा वर्षौदेखि कुल
गार्हस्थ उत्पादन आठ प्रतिशतभन्दा बढेको चर्चा हुन्थ्यो । अमेरिकी र अन्य बांकी विश्वको निर्यात व्यापार राम्रो होस् वा सङ्कटग्रस्त होस्, चीनलाई कुनै पर्वाह थिएन ।
चीनको भने घटीमा आठ प्रतिशत आर्थिक वृद्धि गरिएकै हुनेछ भन्ने मान्यता थियो । यसका लागि बर्सेनि श्रम बजारमा थपिने हजारौं युवाहरूका लागि रोजगार सिर्जना गर्नु आवश्यक थियो । चिनियां नेतृत्वले आठ प्रतिशतभन्दा मुनिको आर्थिक वृद्धिले रोजगारी सिर्जनामा खतरा हुने निर्णय गर्‍यो । चिनियाा नीति निर्माता यसैमा सहमत भए । पछिल्लोपटक चीनले सन् ०१२ का लागि आर्थिक वृद्धिको पूर्वानुमान आठ प्रतिशतभन्दा तल गरेको छ । आठ प्रतिशतको वृद्धिदर अहिले इतिहास भएको छ । चिनियां प्रधानमन्त्री वेन जियाबाओको पांच मार्चमा बेइजिङमा सम्पन्न नेसनल पिपल्स कंग्रेसको वाषिर्क सम्बोधनमा सरकारको चालु वर्षका लागि कुल गार्हस्थ उत्पादन -जिडिपी) वृद्धिदर साढे सात प्रतिशत मात्र हुने घोषणा गर्‍यो । चीनले सन् २००४ पछि यस्तो पुरातन वृद्धिको लक्ष्य लिएको छैन ।
युरोपको ऋण सङ्कटका कारण चिनियां सामान निर्यातमा आएको गिरावट चीनको वृद्धिदर लक्ष्य घटाइनुको प्रमुख कारण हो । ‘वर्षौसम्म नौ प्रतिशतका दरले आर्थिक वृद्धि गरेपछि चीनलाई दीर्घकालसम्मका लागि उच्चगुणस्तरीय विकास चाहिएको छ ।’ प्रधानमन्त्री वेनले संसद्मा सम्बोधन गर्दै भने । अर्थशास्त्री र लगानीकर्ता पनि अहिले चीन सुस्त वृद्धिदरको नयां युगमा प्रवेश गरेको भन्न हिच्किचाउादैनन् ।  जहां पुरानो आठ प्रतिशतको वृद्धिदर महत्वपूर्ण छैन । ‘हामीलाई लाग्छ कि चिनियां नेतृत्वले वृद्धिको प्रवृत्ति सुस्त हुनुपर्छ भन्ने महसुस गरिसकेका छन्’, क्रेडिट सुसीका प्रमुख क्षेत्रीय अर्थशास्त्री डोङ टावले भने ।
हरेकले सुस्त आर्थिक वृद्धिप्रति अभ्यस्त हुन जरुरी छ । ‘वृद्धिदर
आठ प्रतिशतभन्दा कम हुनु चीनको लागि अब सर्वमान्य मन्त्र नै हो’, हङकङस्थित जेफर समूहका लागि प्रमुख ग्लोबल इक्विटी रणनीतिकार सिन डर्बीले भने, ‘आठ प्रतिशतभन्दा माथिको वृद्धिदर दिगो हुने छैन ।’ रोजगारी सिर्जनाका सवालमा यति लामो समयसम्म आठ प्रतिशतको वृद्धिदर लक्ष्य महत्वपूर्ण रह्यो ? चीनको एक सन्तान नीति र तीव्र आर्थिक वृद्धिका कारण जनसङ्ख्याको बनोटमा परिवर्तन भएको छ । त्यसकारण रोजगारी बजारमा आउने हजारौं युवाका लागि रोजगार खोज्नु समस्याको विषय रहेन । ‘सन् २००० भन्दाअघि प्रत्येक वर्ष १० हजार नयां रोजगारीको आवश्यकता पथ्र्यो भने अहिले त्यसको आधामात्र नयाा रोजगारी सिर्जना गरे पर्याप्त हुन्छ’, हङकङको बार्कलेज क्यापिटलका अर्थशास्त्री जियान चाङले भने ।  ‘रोजगारी बजारमा नयां श्रमशक्तिको विस्तार सुस्त भएको छ’, हङकङस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकको ग्रेटर चाइना रिसर्चका प्रमुख स्टेफन ग्रनले भने, ‘त्यसकारण चिनियाा नीतिनिर्मातालाई पहिलाजस्तो नयां रोजगारी सिर्जना गर्नु आवश्यक छैन ।’
चीनका केही भागमा अहिले श्रमसमस्या देखापर्न थालेको छ । युवा चिनियां श्रमिकले घरनजिकैका कारखानामा काम पाउन थालेपछि घरभन्दा टाढा रहेका कारखानामा श्रमिक अभाव भएको हो । त्यसकारण स्थानीय सरकारले अहिले न्यूनतम ज्याला दरमा वृद्धि गरेका छन् । गत साता  साङ्घाई नगर सरकार र सान्डोङ क्षेत्रीय सरकारले पनि न्यूनतम ज्यालादरमा वृद्धि गरेका छन् ।
सुस्त वृद्धिदर र उच्च ज्यालादर नयां चिनियां अर्थतन्त्रका दुई प्रमुख सामान्य तत्व बनेका छन् ।’चिनियााले उच्च मुद्रास्पिmतिमा पनि बांच्न सिक्नुपर्नेछ’, बार्कलेजका अर्थशास्त्री चाङले भने । उनले चीनको मुद्रास्पिmति अर्को दशकमा पााच प्रतिशतभन्दा बढी हुने प्रक्षेपण गरे । चीनको मुद्रास्पिmति विगत १० वर्षमा दुई प्रतिशतको हाराहारीमा मात्र थियो ।
चिनियांलाई नयां रोजगारी सिर्जनामा टाउको दुखाइरहनुपर्ने आवश्यकता नरहेको हुादा विद्युत्, पानी र उत्पादनका लागि तेलजस्ता वस्तुमा अनुदान दिइरहनु आवश्यक नभएको उनले बताए । ‘चीन आश्चर्यजनक वृद्धिबाट सामान्य वृद्धिको चरणमा प्रवेश
गरेको छ’, चाङले भने । चीनले सन् २००१ को अन्त्यतिर विश्वव्यापार सङ्गठन
-डब्ल्युटिओ) मा प्रवेश पाएको हो । डब्ल्युटिओमा प्रवेशसागै चीनले अप्रत्यासित आर्थिक वृद्धि हासिल गरेको छ ।
औद्योगिक प्रतिष्ठानको नाफामा अत्यधिक वृद्धि भएर डब्ल्युटिओमा प्रवेश हुनुअघि चार प्रतिशतको हाराहारीमा रहेको जिडिपीको वृद्धिदर गत वर्ष ११ दशमलब आठ प्रतिशतसम्म पुग्यो । औद्योगिक प्रतिष्ठानको बढ्दो नाफासागै बचतमा पनि वृद्धि भयो । त्यसबाट डब्ल्युटिओ प्रवेशअघि चालु खाता दुई प्रतिशतमात्र बचतमा रहेकोमा सन् २००७ मा चालु खाता नौ दशमलव नौ प्रतिशत बचतमा र गत वर्ष चार दशमलव  चार प्रतिशत बचतमा रह्यो । ‘यस्तो प्रकृतिको वृद्धिदर अनिश्चितकालसम्मका लागि चीनमात्र होइन, कोही पनि रहन सक्दैन’, कन्डोनले भने, ‘चीनको अर्थतन्त्र असाधारण अवधिपछि विस्तारै सामान्य हुादैछ ।’

प्रतिक्रिया