सिमेन्ट उद्योगमा आगलागी

दाङ, २४ फागुन । दाङको दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगमा आगलागी भएको छ । करिव १२ बजे देखि सुरु भएको आगो नियन्यन्त्रणमा ल्याउन सकिएको छैन ।
आगो निभाउन घोराही नगरपालिकाको दमकल पुगेको छ भने स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीका बारेमा बिस्तृत विवरण आउन बांकी छ ।
आगो विद्युत सट भएर लागेको हुन सक्ने उद्योगका निर्देशक बासु पाण्डेले बताए । आगो लाग्नुको वास्तविक कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया