अधीर बन्दै इजरायल

वासिङ्टन, २३ फागुन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको परमाणु कार्यक्रम अवरुद्ध गर्न कूटनीति र नाकाबन्दीमाथि थप भर पर्न नसकिने बताएका छन् । अमेरिकाको वासिङ्टन डिसीमा इजरायलसमर्थित अमेरिकन इजरायल पब्लिक कमिटीद्वारा सोमबार आयोजित एक कार्यक्रममा नेतान्याहुले यस्तो टिप्पणी गरेका हुन् ।
इरानलाई परमाणु बम बनाउन नदिन जुनसुकै विकल्प रोज्न इजरायल तयार रहेको उनले बताए । यसो भनेर उनले कूटनीति र नाकाबन्दीमाथि भर नपरी इरानमाथि आक्रमण गरेर उसको परमाणु कार्यक्रम बिथोल्न इजरायल अधीर भइरहेको सङ्केत गरे । ‘हाम्रो विनाश गर्ने साधन बनाउन खोज्नेलाई यहुदी राज्य (इजरायल) ले कुनै हालतमा पनि सफल हुन दिने छैन,’ उनले भने ।  अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेटेलगत्तै नेतान्याहुले यस्तो भनाइ राखेका हुन् । भेटका क्रममा ओबामाले नेतान्याहुलाई धैर्य राख्न आग्रह गर्दै नाकाबन्दीले काम गरिरहेको बताएका थिए । जवाफमा नेतान्याहुले नाकाबन्दीले इरानी अर्थतन्त्रलाई असर गरेको भए पनि उसको परमाणु कार्यक्रम नरोकिएकोतर्फ अमेरिकाको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा नेतान्याहुले धम्कीको भाषामा भने, ‘आदरणीय साथीहरू ! अन्तर्राष्ट्रिय समुदायले इरानको परमाणु कार्यक्रमसम्बन्धी समस्या समाधान गर्ला भनेर हामीले धैर्यपूर्वक प्रतीक्षा ग¥यौँ, नाकाबन्दीले काम गर्लाकी भनेर हामीले पख्र्या तर अझै लामो समय पर्खिनु हाम्रो वशको कुरो होइन ।’ अमेरिका र इजरायलबीचको रणनीतिक साझेदारीको मुक्तकण्ठले प्रशंसा गरे पनि प्रधानमन्त्री नेतान्याहुले इजरायलको अस्तित्वको सबालमा भने कसैसँग सम्झौता नगरिने प्रस्ट पारे । ‘इजरायलको अस्तित्वको कुरा उठेका बेला हामी आफ्नो भाग्यको पैmसला आपैmँ गछौँ,’ उनले भने । इरान र इजरायलको एकअर्कासँग शत्रुतापूर्ण सम्बन्ध छ । इरानले विश्व मानचित्रबाट इजरायलको नक्सा सदाका लागि मेटिदिने चेतावनी दिने गरेको छ । उता इजरायलले पनि इरानमाथि आक्रमण गर्ने धम्की दिँदै आएको छ । (एजेन्सी)

प्रतिक्रिया