संघीय सद्भावनाको महाधिवेशन बैशाखमा

काठमाडौ, २३ फागुन । संघीय सदभावना पार्टीले आफूहरुलाई संयूक्त लोकतान्त्रिक मधेसी मोर्चामा सहभागी नगराएकोमा असन्तुष्टि प्रकट गरेको छ । संघीय सद्भावना मोर्चा भन्दा बाहिर छ ।
हालै बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले मोर्चामा सहभागी गराउन माग गर्ने निर्णय गरेको हो । मोर्चा निर्माणमा पार्टी अध्यक्ष अनिल झाको प्रमुख योगदान भएपनि आफ्नै पार्टी बाहिर बस्नु परेकोमा संघीय सद्भावनाले दुःख ब्यक्त गरेको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरेर संघीय सद्भावनाका अध्यक्ष अनिल झाले मधेसी मोर्चामा आफूहरुलाई सहभागी गराउन माग गरे । उद्योगमन्त्री समेत रहेका झाले मोर्चा निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी गरे ।
उनले पार्टीको पहिलो महाधिवेशन आगामी बैशाख ८, ९ र १० गते वीरगंजमा गर्न बताएका छन् । त्यसका  लागि विभिन्न समितिहरु गठन गरिएका छन् । महाधिवेशन सफल अध्यक्ष झाको संयोजकत्वमा २७ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

प्रतिक्रिया