कालीमाटी अग्निकाण्डले सिकाएको पाठ

आगलागी मूलतः मानवीय त्रुटिका कारण हुन्छ । कालीमाटी तरकारी बजारको त्रासदीपूर्ण आगलागी पनि मानवीय त्रुटिकै उपज हो । मानिसले गरेको आफ्नै कार्यले धनजनमा अपूरणीय क्षति पु¥याउ“छ । कालीमाटी तरकारी बजारमा ठूलो मानवीय क्षति भयो । एउटै परिवारका चार सहित ६ जनाले ज्यान गुमाउनु सामान्य घटना होइन । काठमाडौ“ मुलुकको राजधानी हो । यहा“ आगो नियन्त्रणका लागि वारुणयन्त्रलगायत सबै सामग्री अति छिटो उपलब्ध हुनुपर्ने हो । तर, कालिमाटीको कहालीलाग्दो घटनाले उपत्यकाका सहर जोखिममा छन् भन्ने स्पष्ट भएको छ ।
अनियन्त्रित सहरीकरण, पालन गर्नैपर्ने सामान्य नियमको उल्लङ्घन, साूघुरा गल्ली र व्यवस्थापनको कमजोरीलाई काठमाडौूले थेग्नै नसक्ने अवस्था उत्पन्न भइसकेको छ । वि.सं. २०४३ मा आधुनिक ढङ्गले निर्माण गरिएको कालीमाटी तरकारी तथा फलपूmल बजारमा भएको आगलागीले यसको पुष्टि गरेको छ । मुख्य सडकनजिकको फराकिलो ठाउ“ कालीमाटी तरकारी बजारमा त यस्तो भयो भने असन, इन्द्रचोकलगायत अन्य सा“घुरा गल्लीमा यो खालको आपत् आइलाग्यो भने हालत के होला ? कहालीलाग्दो कल्पना गर्नेभन्दा अर्को उत्तर छैन ।
असनको आगलागीमा बाबुछोरीको मुत्यु भएको एक महिना नपुग्दै कालीमाटीमा अर्को आगलागीले ६ जनाको ज्यान लियो । करोडौ“को नोक्सान बिर्सिन सके पनि मानवीय क्षति भुल्नै सकि“दैन । यस्ता घटना न्यूनीकरण अथवा निर्मूल पार्ने दीर्घकालीन योजना सबै सहरमा आवश्यक भइसकेको छ । तर, राज्यस“ग कुनै त्यस्तो योजना छैन,जसले आइलाग्ने यस्ता त्रासद घटना रोकथाम गर्न सकोस् ।
गर्मी महिना लाग्दै गएपछि तराईदेखि हिमाली क्षेत्रका गाउ“समेत आगोले नष्ट गरेका खबर आउने गर्छन् । गत साउन महिनादेखि अहिलेसम्मको आ“कडा हेर्दा आगलागीका दुई सय घटना भइसकेका छन् । तर, रोकथामका लागि सरकारले सामान्य सचेतना कार्यक्रमसमेत गर्न सकेको छैन । सहरी क्षेत्र मात्र होइन, ग्रामीण क्षेत्र पनि जोखिममा छन् । सहरी व्यवस्था विभाग सहर निर्माण कसरी गर्ने भन्ने विषयमा बेखबर छ, महानगरपालिकाको नक्सा शाखाले उपलब्ध गराएको नक्साभन्दा फरक ढङ्गले निर्माण गरिएका भवन अनुगमन गर्ने कुनै संयन्त्र छैन र सार्वजनिक जग्गा अथवा सडक मिचेर भवन निर्माण गर्नेलाई नियन्त्रण गर्ने कुनै निकाय देखि“दैन । यस अवस्थामा सरकारको दायित्व के हुन्छ ? सरकार आपैm“लाई थाहा छैन ।
कालीमाटीको डरलाग्दो आगलागी काण्डबाट सबैले पाठ सिक्नुपर्छ । तरकारी बजारमा अत्यधिक मावनीय चाप थियो । त्यहा“ फोहोर व्यवस्थापनको उचित प्रबन्ध थिएन । प्लास्टिकलगायत अत्यधिक प्रज्वलनशील पदार्थका कारण आगलागी भएको एक सय २० मिनेटमा कालीमाटी तरकारी बजार समाप्त भयो । विद्युत् सर्ट होस् अथवा अन्य कारणले आगो लागोस्, त्यसको दोष पूर्णरूपले सरकारले बोक्नुपर्छ । किनभने, उचित व्यवस्थापन गर्न लगाउने काम सरकारको हो । नेपालका प्रायः सहरको हालत काठमाडौ“को जस्तै छ । आगोको सानो झिल्काले समेत ठूलो मानवीय क्षति पु¥याउने स्थानको पहिचानसहित सरकारले नीतिनिर्माण गरेर सजगता अपनाएन भने आउने दिनमा ठूलो विपत्ति भोग्नुपर्ने छ । यसर्थ, कालीमाटी घटनाबाट पाठ सिक्दै सबै सजग हुनु जरुरी छ ।

प्रतिक्रिया