नेता अपहरणमा संलग्न पक्राउ

काभ्रे, २२ फागुन । कार्यकर्ताद्वारा अपहरणमा परेका एकीकृत माओवादी काभ्रेका सचिवालय सदस्य दीपक भनिने अनिरुद्र गौतमलाई अपहरण गर्ने समुहका नाइके राजु भुजेललाई प्रहरीले काठमाडौको जोरपाटीबाट पक्राउ गरेको छ ।
कात्तिकेदेउराली–८, काभ्रे घर भएका भुजेल जोरपाटीमा लुकिरहेको अवस्थामा प्रहरीको टोलीले फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख डिएसपी सुरेन्द्र मैनालीले जानकारी दिएका छन् ।
अपहरणमा संलग्न मध्ये पक्राउ परेकालाई जिल्ला अदालत काभ्रेमा बुझाइएको छ । अपहरणमा संलग्न मध्ये १९ जना अपहरणकारी र उनीहरुले प्रयोग गरिरहेका ७ वटा मोटरसाइकल मध्ये भुजेल बाहेक अरु पक्राउ परेका छैनन् ।
काभ्रेको कोशिपारीका केहि गाविसहरुलाई केन्द्र बनाएर निर्माण सुरु गरिएको धुशेनी शिवालय गाविस–८ मा रहेको धुशेनी शिवालय उपस्वास्थ्य चौकीको ठेक्का रकम ९३ लाखको १० प्रतिशत माग गर्दै वाइसिएलका गाउँ इन्चार्ज तथा संविधान सभा निर्वाचनका वुथ प्रतिनिधि सानो वाङथली गाविस–२ घर भएका २६ वर्षीय नवराज पराजुलीलको समुहले माघ २४ गते अपहरण गर्दा गर्दै फलाँटे प्रहरी चौकीले पक्राउ गरी गौतमलाई मुक्त गराएको थियो ।
अपहरणमा संलग्न पराजुली सहित कानपुर–२ बस्ने सन्तोष तामाङ, संस्युखर्क गाविस २ बस्ने रोशन तामाङ र उनले प्रयोग गरेको वा ४७ प ९२६८ नम्वरको निलो पल्सर मोटरसाइकल, मानपुर ९ का विजय लामा, धादिङ जिल्ला पिडा गाविस ५ का अनिल भण्डारी र उनले प्रयोग गरेको वा २९ प ६३०८ कालो रङको पल्सर, चलाल गणेस्थान ६ का बस्ने सरोज खड्का र उनले प्रयोग गरेको वा २० प ९४४९ नम्वरको मोटरसाईकल प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।
त्यस्तै रामेछाप जिल्ला हिङवाङ गाविस ६ का दुर्गालाल सुनुवार, अपहरणकारीले प्रयोग गरेका वा ४१ प १२२० र वा १६ प ३७७६ नम्वरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।  गौतमले माघ २५ गते नै मानव अपहरण तथा शरिर बन्धक अन्र्तगत किटानी उजुरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता गरेका थिए ।

प्रतिक्रिया