सात महिनामा ६९ करोड ठगी


काडमाडौ, २१ फागुन । वैदेशिक रोजगारीका नाममा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ६९ करोड रुपियाा ठगी भएको छ । रोजगारीका लागि विदेश पठाउने नाममा सो रकम ठगी भएको हो ।
विभिन्न मुलुकमा रोजगारीमा पठाइने भन्दै म्यानपावर कम्पनी र एजेन्टका नाममा रकम ठगी भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागअनुसार सात महिना अवधिमा यस्ता ठगीलाई लिएर ६८ करोड ६० लाख ६१ हजार ५ सय ३७ रुपियाा बिगो दाबीसहित एक हजार एक सय २६ उजुरी परेका छन् । विभागमा बिगो दाबीसहित परेका ठगी उजुरीमध्ये बढीजसो व्यक्तिगत ठगीका छन् । व्यक्तिगततर्फ ५२ करोड ७७ लाख ८६ हजार ४ सय ४५ रुपियाा बराबरको ठगी भएको बिगो दाबीसहित सात सय १८ उजुरी परेका छन् । त्यस्तै, संस्थागततर्फ १५ करोड ८२ लाख ७५ हजार ९२ रुपियाा बिगो दाबी गरी चार सय आठ उजुरी परेको विभागले जनाएको छ ।
वर्षेनि रोजगारीका लागि विदेशिने सङ्ख्या बढिरहेको समयमा रोजगारीकै नाममा विभिन्न बाहनामा ठगी गर्ने क्रम बढेको विभागले जनाएको हो । विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले विदेशिनेको सङ्ख्यामा भएको वृद्धिसागै ठगीका घटना बढेको बताए । अहिले रोजगारीका नाममा प्रतिमहिना १० करोडभन्दा बढी रकम ठगी हुनेगरेको विभागको तथ्याङ्क छ । चालु आवको माघ महिनामा मात्रै वैदेशिक रोजगारीकै नाममा १० करोड ७८ लाख ४१ हजार ३ सय रुपियां ठगीका एक सय ६१ उजुरी विभागमा परेका छन् । यसमा व्यक्तिगततर्फ नौ करोड ९२ लाख ७४ हजार १० र संस्थागतमा ८५ लाख ६७ हजार तीन सय रुपियाा बिगो दाबीको उजुरी परेको छ ।
करोडााै रुपियाा बिगो दाबीसहित विभागमा उजुरी पर्ने गरेको भए पनि जायरी फरफारक हुने, अदालतमा मुद्दा दर्ता हुने, अनुसन्धान हुने र विभागको पहलमा मुद्दा फिर्ता हुने सङ्ख्या न्यून छ । चालु आवको सात महिने अवधिमा विभागले २० करोड ४६ लाख २१ हजार आठ सय ४४ रुपियाा बिगो फरफारक गरेको  छ । त्यस्तै यो अवधिमा ९१ वटा मात्र मुद्दा अदालतमा दर्ता भएका छन् । यो अवधिमा ८८ वटा उजुरीमाथि विभागले अनुसन्धान तथा छानबिन गरेको छ । अदालतमा भने न्यून बिगो दाबीका मुद्दामात्र दर्ता हुने गरेको देखिएको छ । अदालतमा दर्ता भएका मुद्दाको बिगो दाबी तीन करोड नौ लाख ३१ हजार रुपियां रहेको छ । विभागका महानिर्देशक भट्टराई भने उजुरीका आधारमा प्रमाण अनुसन्धान, निःशुल्क कानुनी उपचार तथा ठगीमाथि कारबाही तीव्ररूपमा भइरहेको बताउाछन् । उनले ठगीको प्रमाण जुटेमा ठगी गर्ने म्यानपावरकै धरौटी काटेर क्षतिपूर्ति दिलाउने गरेको बताए । ‘अहिले विभागले ठगीको प्रमाण जुटाउन छुट्टै एकाई खडा गरेको छ,’ उनले भने, ‘निःशुल्क कानुनी व्यवस्थासागै ठगी गर्नेको धरौटी काटेर क्षतिपूर्ति दिनेसम्मका कारबाही गरिरहेका छैा ।’
पछिल्लो समयमा रोजगारीका नाममा ठगी गर्ने र ठगिनेको सङ्ख्यामा वृद्धि भएपछि सरकारले कारबाहीसमेत बढाएको उनले बताए । यस्ता घटनालाई लिएर विभाग स्वयंले करोडााै बिगो दाबीका मुद्दा अदालत पुर्‍याएको र ठगी गर्नेलाई कारबाही भएको भट्टराईले बताए । केही समयअघि मात्र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैदेशिक रोजगारीका नाममा हुने गरेको ठगी नियन्त्रण गर्न त्यस्ता व्यक्ति तथा संस्थालाई कडा कारबाही गर्न विभागका कर्मचारीलाई निर्देशन दिएका थिए । उनले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन श्रम तथा यातायात मन्त्रालयका अधिकारीलाई निर्देशन दिएता पनि यस्ता घटनामा दोषी देखिएकालाई कारबाही गर्ने कुरा व्यवहारमा लागू भएको छैन ।

प्रतिक्रिया