तेह्र बुंदे प्रस्ताव पारित

सौर्य समाचार

महेन्द्रनगर, २१ फागुन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले १३ बुादे प्रस्ताव पारित गरेको छ । सङ्घको २४औा वाषिर्क साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
सङ्घले पारित गरेको प्रस्तावमा दोधारा-चांदनीमा सुख्खा बन्दरगाह निर्माण, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कार्यालय कञ्चनपुरमा स्थापना, स्थानीय निकायसित पर्यटकीय तथा धार्मिक पर्यटनका लागि बजेट विनियोजन गर्नुपर्ने लगायतका छन् ।
त्यसैगरी सीमाक्षेत्रका समस्या निराकरण, कृषि तथा पशुजन्य उद्योगका कच्च् पदार्थमा भन्सार सहुलियत, धर्मशाला निर्माणका लागि महेन्द्रनगर विकास समितिसित जग्गा माग, वाणिज्य पदाधिकारीका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन र मझगाउा हवाई मैदान शीघ्र सञ्चालन गर्ने प्रस्ताव गरिएका छन् ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले सरकारले लगानीको वातावरण बनाउन नसकेको बताए । राजनीतिक दलले आˆना मजदुर सङ्गठनलाई उक्साएर निजी क्षेत्रलाई हतोत्साही बनाएको उनको आरोप थियो । दलहरूले भ्रातृ सङ्गठनमार्फत निजी क्षेत्रमा हस्तक्षेप बढाएको पनि उनले बताए । सङ्घका अध्यक्ष हेमबिक्रम थापाले निजी क्षेत्रको भूमिकालाई राजनीतिक दल र सरकारले सम्मान गर्न नसकेकोमा गुनासो गरे ।

प्रतिक्रिया