बन्दले साथी म तिम्रो प्रभावित

काठमाडौः प्रदर्शनमा सिङ्गल रिलिजको अवसर पाए पनि निर्माता तथा नायक भुवन केसीले यसबाट चाहेजति फाइदा लिन पाएनन् । उपत्यकाबाहिर लगातार बन्द भएका कारण उनका लागि यो अवसर चाहेजति लाभकारी बन्न नसकेको हो । शुक्रबारबाट देशभर रिलिज गरिएको उनको चलचित्र साथी म तिम्रो बन्दका कारण उपत्यकाबाहिरका कतिपय हलमा सहजतासाथ प्रदर्शन हुन सकेन । प्रदर्शन भएका ठाउामा पनि दर्शक पुग्न सकेनन् ।
‘बन्दले चलचित्रको व्यापार घटाएको मात्र होइन, कतिपय ठाउामा सो नै क्यान्सिल भएको छ,’ भुवनले जानकारी गराए, ‘सो क्यान्सिल नभएका ठाउामा भने राम्रो भएको छ ।’ काठमाडौमा राम्रो व्यापार भएको र बन्द खुलेपछि सोमबारबाट उपत्यकाबाहिरको व्यापार पनि राम्रो हुादै जाने विश्वास निर्माता केसीले व्यक्त गरे । -सौस)

प्रतिक्रिया