२ जनाको मृत्यु १२ घाइते

दाङ, ११ फागुन । जन्ती बोकेको बस दाङको लमही बजारमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
देउखुरीको चैलाही गाविस वडा नम्वर ३ देउपुरबाट दुलही लिएर चैलाही ७ भैष्कुर्मा जाँदै गरेको ना २ ख १५०८ नम्वरको बस तिव्रगतिका कारण नियन्त्रण गुमाई लमही बजारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । दुर्घटनामा चैलाही ३ का विनोद चौधरी र चैलाही ७ भैष्कुर्माका शिवनारायण चौधरीको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका केही घाईतेको थप उपचारका लागि कोहलपुर पठाईएको छ भने केहीको लमहीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

प्रतिक्रिया