महाकालीमा हवाई सेवा छिट्टै सुरु हुन्छः विष्ट

महेन्द्रनगर,११ फागुन । महाकाली अञ्चलमा रहेका बन्द बिमानास्थलमा हवाई यातायात सुचारु गरिने भएको छ । सुदुरपश्चिम जिल्लामा रहेका बिमानस्थलको सम्भाव्यता अध्ययन भ्रमण गर्ने क्रममा कञ्चनपुर आएका प्रर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र बिष्ट मगरले डेढ महिना भित्रै महाकाली अञ्चलका तीन स्थानमा हवाई यातायात सुचारु गरिने प्रतिबद्धता जनाएका हुन् ।
मन्त्री बिष्टले सुदुरपश्चिमका १० मध्ये आठ बिमानस्थलमा तीन महिनाभित्र हवाई सेवा सुचारु गरिने पनि दावि गरे । महाकाली अञ्चलको कञ्चनपुरमा दुई साता, दार्चुलामा एक महिना र बैतडीमा डेढ महिना भित्र सेवा सुचारु गर्ने उनले जनाएका छन् ।
प्राविधिक टोली सहित बिहीवार दिउसो कञ्चनपुरको मझगाँउ बिमानस्थलमा मन्त्री बिष्ट पुगेका थिए । उनले आफ्नो कार्यकाल रहे आगामी आर्थिक बर्षमा मझगाँउ बिमानस्थलका लागि १० करोड रुपैया बिनियोजन गर्ने जनाए ।
सुदुर पश्चिममा कैलालीको गेटा र टिकापुर, दार्चुलाको गोकुलेश्वर, बैतडीको पाटन, बझाङ्गको चैनपुर, बाजुराको मार्तडी र कोल्टी, अछामको साफेबगर, कञ्चनपुरको मझगाउँ र डोटीको दिपायलमा बिमानस्थल छ । यि मध्ये कैलालीको गेटामा मात्रै नियमितरुपमा यातायात सुचारु छ । बझाङ्ग र बाजुरामा मध्यपश्चिमको नेपालगञ्जबाट सुचारु भएपनि नियमित छैन । बाँकी झण्डै डेढ दशकदेखि बन्द अवस्थामा छन । मन्त्री बिष्टसंग कञ्चनपुर उद्योग बाणिज्यसंघको टोलीले सीमा समस्या र प्रर्यटन विकास सम्बन्धी छलफल गरेका थिए ।

प्रतिक्रिया