होटलको कोठामा मृत फेला

दाङः  विदेशवाट घर फर्किएका रुकुमका एक युवक सदरमुकाम खलङ्गाको होटेलमा मृत फेला परेका छन् । रोजगारीका लागि दुई वर्षअघि कतार गएका पोखरा गाविस ७ का २२ वषर्ीय वीरबहादुर घर्ती दादिंगे होटेलको कोठामा बुधबार मृत भेटिएका हुन् ।
कतारबाट बिदाको समय पारेर घर्ती मङ्गलवार सांझमात्र खलंगा पुगेका थिए । गाउले धनबहादुर घर्तीको होटेलमा बास बसेको र सांझको खाना खाएर सुत्नुअघि उनी स्वस्थ रहेको मृतकका काका धनबहादुरले जानकारी दिए ।

प्रतिक्रिया