सरकारको राजीनामा शान्ति र संविधान बिपरित

 काठमाडौं १० फागुन । स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्नतको कुरा गर्नु भनेको शान्ति र संविधान बिरोध क्रियाकलाप हुने बताएका छन् ।
उनले बर्तमान सरकारले सबै काम गर्ने भएकाले सरकारको राजीनामा आवश्यक नरहेको दाबी गरेका छन् । राजधानीमा आज आयोजित कार्यक्रममा उनले शान्ति र संविधानको विषय ओझेल पार्न प्रधानमन्त्रीको राजीनामा माग गरेको आरोप लगाए ।
एकीकृत माओवादीका वरिष्ठ उपाधयक्ष मोहन बैद्य समूहले प्रधानमन्त्रीको राजीनामा मागिरहेका समयमा मन्त्री रायमाझीको यस्तो टिप्पणी आएको छ ।
राजनीतिक पार्टीबीचको सहमति र सहकार्य बिना शान्ति प्रक्रियाका साथै नयाँ संविधान जारि गर्ने बिषय निष्कर्षमा पुग्न नसक्ने मन्त्री रायमाझीको भनाई थियो । उनले बर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिन सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया