कुनचाहि बिकाउ ? स्वर कि ग्ल्यामर

कुबेर गिरी,

आकाशको झिलमिल तारा…
मै ठूली भैछुरे …
गायिका रेस्मा सुनुवारको गीत हो यो । यो गीतको प्रमोसनका लागि बनेको म्युजिक भिडियोमा अभिनय पनि उनकै छ । सङ्गीतप्रेमीबीच उनको स्वर जति चर्चित भयो, त्योभन्दा बढी चर्चा म्युजिक भिडियोमा गरेको प्रस्तुतिको भयो । गायिकाभन्दा ग्ल्यामरस मोडलका रूपमा बढी चिनिइन् उनी ।
ट्रेन्ड नै चलेको छ, गीत चलाउन म्युजिक भिडियो अनिवार्यजस्तै भइसकेको छ । गीत चर्चित बनाउन म्युजिक भिडियोको आकर्षणले थप भूमिका खेलेको हुन्छ । त्यसैले बढीभन्दा बढी आकर्षक म्युजिक भिडियो बनाउने तयारीमा रहन्छन् गायकगायिका । त्यही आकर्षण बढाउन आपैmँले म्युजिक भिडियोमा अभिनय गरेको रेस्मा बताउँछिन् । भन्छिन्, ‘आफ्नो गीतमा अरू मोडलले भन्दा म आपैmँ राम्रो प्रस्तुति दिन सक्छु ।’
हुन त अचेल एल्बमको सङ्ख्या बढाएर घाटा बेहोर्नुभन्दा स्टेज फर्पmरमेन्समै बढी रमाउने गरेका छन् गायकगायिका । स्टेजमा ग्ल्यामर प्रस्तुतिको विशेष भूमिका हुन्छ । यो बुझेकाहरू ग्ल्यामरलाई महत्व दिन थालेका छन् । सँगसँगै प्रश्न उठ्न थालेको छ, ‘सङ्गीतमा स्वर र सङ्गीत महत्वपूर्ण हो कि उत्तेजक हाउभाउ ?’
रेस्माचाहिँ स्टेज फर्पmरमेन्समा स्वरका साथै ग्ल्यामरस प्रस्तुति पनि आवश्यक हुने बताउँछिन् । ‘त्यसैकारण म यता ढल्किएकी हुँ,’ उनले भनिन् । ‘मै ठूली भैछुरे’ र ‘वान्समोर’ जस्ता चर्चित एल्बम बजारमा ल्याएकी छन् उनले । उनको बुझाइमा दर्शकलाई उत्तेजित बनाउने प्रस्तुति आवश्यक छ ।
वि.सं. ०६२ मा साङ्गीतिक एल्बम ‘चौबन्दी चोली’का साथ आएकी गायिका इन्दिरा जोशीको धारणा पनि रेस्माको भन्दा फरक छैन । ‘दर्शकसामु उभिएर प्रस्तुति गर्दा ग्ल्यामर त हुनै प¥यो नि’ उनको बुझाइ छ । पहिलो एल्बमको सफलताले मेचीदेखि महाकालीसम्म स्टेज कार्यक्रम भ्याएकी जोशीले थपिन्, ‘गायनका अलावा कलाकारको ग्ल्यामरले प्रस्तुतिमा सुनमा सुगन्ध थप्छ ।’ मोडलिङमा रुचि नभए पनि महिनामा बीस–बाइस स्टेज कार्यक्रम गर्नुपर्ने भएकाले त्यसकै लागि आफूले ग्ल्यामरमा ध्यान दिन थालेको उनले सुनाइन् ।
पछिल्लो समय ग्ल्यामरस गायिकाका रूपमा चिनिएकी रजिना रिमाल नेपाली साङ्गीतिक आकाशमा एल्बम ‘परिभाषा’मार्पmत भित्रिएकी हुन् । उनको एल्बमको ‘मान्छे हुन सकूँ’ गीतले त चर्चा कमाएको छ नै । त्यसभन्दा बढी चर्चा उनले स्टेज प्रस्तुतिबाट पाउने गरेकी छन् । स्टेजमा गायनशैलीका साथै ग्ल्यामरले पनि दर्शकबीच छाड्ने छापमा फरक पर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘स्वर त प्रथम हो, त्यसपछि ग्ल्यामरको महत्व हुन्छ स्टेजमा ।’ आफ्नो एल्बम एक मात्र भए पनि रिमालले कलेक्सन एल्बम र चलचित्र गरी एक सय हाराहारीका गीतमा स्वर दिएकी छन् ।
यस्तै केही अगाडि मात्र गायनमा देखापरेकी गायिका दीपा पन्त ग्ल्यामरकै कारण सबैको रोजाइमा पर्न सफल भएकी छन् । पहिलो एल्बम ‘रियालिटी’ सार्वजनिक गरेको छोटो समयमै दोस्रो एल्बम ‘दिलको बदला दिल’ सँगै देखिएकी दीपाले यो एल्बमका लागि तयार भएको म्युजिक भिडियोमा आपैmँले अभिनय गरेकी छन् । म्युजिक भिडियोबाट सिकेर स्टेजमा प्रस्तुत हुन अभिनयमा उत्रिएको उनले प्रस्ट पारिन् । गायिकाको स्वरका साथै ग्ल्यामर प्रस्तुति पनि स्टेजका लागि महत्वपूर्ण हुने धारण दीपाको छ । दीपाले अभिनय गरेको म्युजिक भिडियोले उनी गायिका कम र मोडल बढी भएको आभास गराउँछ ।
नेपाली साङ्गीतिक क्षेत्र यति वेला ओरालो लागेको छ । गीतका एल्बमहरूको बिक्रीमा शून्यता छाएको छ । गायकगायिकाको स्टेज कार्यक्रम भने देशविदेशमा बढ्दै गएका छन् । तर, ग्ल्यामरको दायरा कति र के भन्नेबारे भने सचेत हुनु जरुरी छ । पछिल्लो समय मल्लिका कार्की, पुष्पा पौडेल, साहिमा श्रेष्ठलगायत गायिकाले स्टेज कार्यक्रमका नाममा स्वरभन्दा बढी ग्ल्यामरमा ध्यान दिन थालेको आरोप पनि लाग्ने गरेको सुनिन्छ । एल्बमको बिक्री परिणामले हतास हुन पुगेका सङ्गीतजीवीलाई स्टेज कार्यक्रमले केही हदसम्म जगाउने काम भने गरेको छ । कुशल गायनसाथ गायिकाले प्रस्तुत गर्ने ग्ल्यामरले सङ्गीतको क्रेज बढाउनुलाई सकारात्मक नै मान्न सकिन्छ । तर, स्वरमा ध्यान नदिएर ग्ल्यामरको नाममा म्युजिक भिडियो र स्टेजमा अनावश्यक उत्तेजक प्रस्तुति देखाउनतिर मात्र लाग्नुचाहिँ प्रत्युत्पादक साबित हुन सक्छ ।
इन्दिरा जोशी

 मल्लिका कार्की

प्रतिक्रिया