‘अमेरिकालाई चड्कन’

वासिङ्टन, अमेरिकाका एक वरिष्ठ पूर्वकूटनीतिज्ञले इरान मामिलामा भारतले अमेरिकालाई चड्कन लगाएको आरोप लगाएका छन् । इरानबाट तेल आयात नगर्न अमेरिकाले गरेको आग्रह अस्वीकार गरेर भारतले सो कार्य गरेको ती पूर्वकूटनीतिज्ञको आरोप छ ।
पूर्वराष्ट्रपति जर्ज बुसको प्रशासन रहेका बेला भारत र अमेरिकाबीच परमाणु सम्झौता गराउन मुख्य भूमिका निर्वाह गरेका अमेरिकाका पूर्वकूटनीतिज्ञ निकोलास बन्र्सले ‘द डिप्लोमेट’ पत्रिकामा सोमबार लेख प्रकाशन गरी यस्तो धारणा व्यक्त गरेका हुन् । ‘भारतसँग निकटको सम्बन्ध स्थापना गराउन सक्रिय हामीजस्तालाई भारतको कदमले निराश बनाएको छ । भारतसँग निकटको रणनीतिक सम्बन्ध निर्माण गर्न अमेरिकी प्रशासनले गरेको प्रयासमा यसले ठूलो धक्का पु¥याएको छ,’ लेखमा भनिएको छ ।

प्रतिक्रिया