तयारी नपुगेपछि माओवादी बैठक स्थगित

काठमाडौं, ९ फागुन । सत्तारुढ एकीकृत माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ  । आन्तरिक गृहकार्य नपुगेको बैठक स्थगित गरेको माओवादले जनाएको छ । माओवादी भित्र बर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने वा प्रधानमन्त्रीको राजीनामा माग्ने बिषयमा विवाद छ । वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले बर्तमान सरकारले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने प्रस्ताव राखेको छ । यसै बिषयमा छलफल गर्न उपाध्यक्ष मोहन बैद्य र महासचिव राम बहादुर थापा आजै अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाट पुगेका थिए ।  बर्तमान सरकारले तत्काल राजीनामा दिनुपर्ने बैद्यपक्षको अडानको बिपक्षमा उभिएको बहुमत पक्षले बाबुराम भट्टराईलाई निरन्तरता दिएर मन्त्रिमण्डल पुर्नगठको प्रस्ताव गरेको छ ।

प्रतिक्रिया