मोर्चा जस्ता दल

मोर्चा जस्ता राजनीतिक दलहरू लोकतन्त्रका अनिवार्य खम्बा हुन् । तीबिना लोकतन्त्रको कल्पना पनि गर्न सकिन्न । सचेत जनसमुदाय र राजनीतिक दलहरूलाई यो थाहा भएकै विषय हो । लोकतन्त्रको अभ्यासमा च्याउसरी दलहरू देखा पर्र्नु पनि अस्वाभाविक होइन । कुनै निश्चित राजनीतिक दलविशेषका सिद्धान्तभित्र अटाउन नसकेका इच्छा आकाङ्क्षाहरू सङ्गठित हुन खोज्छन् र कालान्तरमा आफ्नो प्रासङ्गिकता कायम राख्न नसकेपछि तिनको मृत्यु हुन्छ । यो स्वाभाविकै पनि हो । जुन दलहरूले व्यापक जनसमुदायका आकाङ्क्षा र स्वप्नहरूलाई आप्mना सिद्धान्त र कार्यक्रमको केन्द्रमा स्थान दिन्छन्, तिनीहरू लामो समयसम्म बा“च्छन् । विश्वको राजनीतिक इतिहासमा यो एक स्वयंसिद्ध तथ्य हो ।
जनताका निम्ति लामो समयसम्म सङ्घर्ष गरिआएका र आफूलाई जनजनमा स्थापित गरेका राजनीतिक दलहरू भने खुकुलो मोर्चा जस्तो देखिनु, त्यसलाई सैद्धान्तिक मतभेदको जामा पहिराउनु र चरम अराजकतामा फस्नु नेपालजस्तो भर्खरै सामन्तशाही राज्यसत्ताबाट मुक्त भएको मुलुकका लागि दुःखद् कुरा हो ।
पुराना राजनीतिक दलको के कुरा गर्नु, नया“ पात्रका रूपमा चलायमान नेकपा (एमाओवादी)लाई समेत मोर्चाका रूपमा हेर्न थालिएको छ । उपाध्यक्ष वैद्य र भट्टराईका बीच  सन्तुलनको तुलो समातेर हि“ड्न खोजिरहेका अध्यक्ष दाहाल पनि मोर्चाको नेता जस्तै लाग्छन् । वैद्य पक्षले पहिले सडकमा निस्केर पार्टी फुटिसकेको सन्देश दिनु र हाल आप्mनै प्रधानमन्त्रीको पुतला दहन गर्दै हि“ड्नु चरम दलीय अराजकताको दृष्टान्त हो । ससाना वामपन्थी र मधेसवादी भनिने दलका फुटहरू त सधै“ स्वार्थप्रेरित रहिआएका छन् । कुनै पनि पार्टी, शक्तिमा रहेका नेताहरूको वैमनस्यका परिणामहरूको बन्दी हुनु र सैद्धान्तिक आधारमा त्यसबाट फुत्कन नसक्नु दुःखद् पक्ष हो । हाम्रो पा“चवर्षे गणतन्त्रलाई चिमोटिरहने प्रवृत्तिको अन्त्य नभएसम्म गणतन्त्र सधै“ जोखिममा परिरहने छ ।

प्रतिक्रिया