सङ्गीतमा अर्को अवार्ड

काठमाडौँ, ७ फागुन । नेपाली सङ्गीतकर्मीलाई प्रोत्साहन गर्न विभिन्न अवार्ड कार्यक्रम सञ्चालन हुँदै आएका छन् । त्यस्ता अवार्ड कार्यक्रमको भिडमा अर्को अवार्ड पनि थपिने भएको छ–म्युजिक खबर अवार्ड ।
म्युजिक डट कमले यस वर्षदेखि यो अवार्ड दिन लागेको हो । यसमा सन् २०११ भर उत्पादन एवम् प्रकाशन भएका गीतसङ्गीतलाई आधार मानिने म्युजिक डट कमका अध्यक्ष सुमन वैरागीले जानकारी गराए ।
मोफसलका सङ्गीतकर्मीलाई पनि समेट्ने योजना आयोजकको छ । इच्छुक व्यक्तिले यही फागुन मसान्तसम्म अवार्डका लागि आफ्ना गीतसङ्गीत दर्ता गराउन सक्ने बताइएको छ । (सौस)

प्रतिक्रिया