गाडिएको शवको पहिचान हुन सकेन

दाङ, ८ फागुन । दाङको सतबरीया–३ उचानिम्बुमा फेला परेको शवको अझैसम्म पहिचान हुन सकेको छैन ।  राजमार्गदेखि करिब सय मिटर उत्तर तर्फको जंगलमा झण्डै एक फिट गहिरो खाल्टोमा पुरिएको अबस्थामा हिजो फेला परेको शव कस्को हो भन्ने बारेमा अझैसम्म केही थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

शवको पहिचानका लागि अनुसन्धान भैरहेको पं्रहरी भनाई छ । प्रहरीका अनुसार शव अन्दाजी ३५ बर्षीय  पुरुषको रहेको अनुमान छ । जंगलमा घाँस दाउरा लिन गएका स्थानीय गाउँले शवको गन्दह थाहा पाएपछी प्रहरीलाई खवर गरेका थिए । खाल्डोमा गाडीएको शवको प्रकृति हेर्दा खुकुरी प्रहारबाट हत्या गरेर हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया