माओवादीद्धारा समायोजनमा समूहगत प्रवेशको माग

 

काठमाडौं,७ फागुन । एकीकृत माओवादीले सेना समायोजनका क्रममा आफ्ना लडाकुको समायोजन समुहगत रुपमा हुनपर्ने माग अघि सारेको छ । माओवादीले लडाकूलाई सहायक रथी सम्मका पद दिनुपर्ने शर्त पुनःदोहोर्याएको छ ।
माओवादी स्थायी समितिको आज राजधानीमा बसेको बैठकले सहायक रथी सम्मको पद माग गर्ने निष्कर्ष निकालेको सचिव सीपी गजुरेलले जानकारी  दिनुभयो । नेपाली सेनाले लडाकूलाई अधिकतम मेजरसम्म दिन सकिने बताए लगतै माओवादीले लडाकूहरुलाई समायोजनपछि नेपाली सेनाको नेतृत्वमा बस्ने महानिर्देशनालयको सहायक कमाण्ड अर्थात सहायक रथी दिनु पर्ने अडान लिएको हो ।
माओवादीले महानिर्देशनालयको नेतृत्व सेनाले गरेपछि सहायक कमाण्ड स्वत लडाकूले पाउनु पर्ने निष्कर्षपनि निकालेको छ । सचिव गजुरेलले समायोजनमा जाादा सहायक रथी भन्दा तल नर्झने पार्टीको अडान यथावत रहेको जानकारी दिनुभयो ।
माओवादीले लडाकूहरुको समायोजन ब्यक्तित आधारमा नभई समूहगत नै हुनुपर्ने जनाएको छ । कांग्रेस,एमाले लगायतका दल र नेपाली सेनाले भने लडाकूहरुको व्यक्तिगत क्षमताका आधारमा मात्रै समायोजन गर्ने जनाउदै आएका छन्

प्रतिक्रिया