दुई जनाको मृत्यु आठ घाइते

नेपालगञ्ज,७ फागुन । बाके जिल्लाको इन्द्रपुरस्थित प्लाईउड उद्योगमा पानी तताउने बोइलर पडि्कदा २ जनाको मृत्यू भएको छ भने ८ जना घाईते भएका   छन् ।
एसएम प्लाईउड उद्योगमा पानी तताउने बोइलर पडि्कदा नेपालगन्ज बस्ने २५ बषर्ीया सुजाता सल्मानी र जयसपुर टंक पछरीका अन्दाजी ३५ बषर्य बनारसी बाबुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये मध्ये २ जनाको अवस्था चिन्ता जनक रहेको छ । सामान्य घाईते ६ जनाको भेरी अञ्चल अस्पपतालमा उपचार भइरहेको छ । बिष्फोटमा परेर पार्वती सल्मानी, लक्ष्मी सल्मानी, सोनी सल्मानी, सपना सल्मानी, सत्रुघन पाठक, सिवास छत, मौसमा कुशबन्धिया र जस्वीर गोडीया घाईते भएका छन् ।
बिस्फोटबाट उद्योगमा रहेका सम्पूर्ण उपकरणहरु नष्ट भएका छन् भने नजिकैको एक पक्कीघरमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया