प्रजातन्त्रलाई संस्थागत गर्नुपर्छ : नेपाली कंग्रेस

काठमाडौं,७ फागुन । नेपाली कांग्रेसले आपसी एकता, मेलमिलाप एवं पारस्परिक सद्भाव, सहयोग र सहकार्यलाई अघि बढाएर लोकतन्त्र, मानव अधिकार र शान्ति प्रकृयालाई संस्थागत गर्नुपर्ने जनाएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा नेपाली कंग्रसका सभपाति सुशील कोइरालाले शुभकामना सन्देश जारी गर्दै मुलुकमा आर्थिक, सामाजिकका साथै जात-जाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेद्भाव हटाउादै, शोषण रहित समाज निर्माणमा सात सालको प्रजातन्त्रले भूमिका खेलेको  कुरा उल्लेख गरिएकोे छ ।
नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट बाहिर आएर नयां युगमा प्रवेश गरेको भन्दै कोइरालाले नेपालले सन्देशमा प्रजातन्त्रसंगै बलियो राष्ट्रियताको आधार पनि निर्माण बनाएको छ । उक्त सन्देशमा नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएको समेत उल्लेख गरिएकोे छ ।
जन-अधिकार एवं लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई अपदस्थ गरिएपछि त्यसको बिरोधमा नेपाली जनताको लामो संघर्षले देशमा गणतन्त्रात्मक पद्धति कायम भएको समेत सन्देशमा स्मरण गरिएको छ ।

प्रतिक्रिया