यूएईमा प्रजातन्त्र दिवसका अवसरमा खेलकुद

यूएई । प्रजातन्त्र दिवसका अवसरमा यूएईको अलकोजस्थित बलेदियामा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
भलिवल खेल मैदानमा नेपाली खेलप्रेमीहरु उल्लेख्य सहभागिता रहेको थियो । जनसम्पर्क समिति दुवई क्षेत्रले आयोजना गरेको भलिवल प्रतियोगितामा यूएईका विभिन्न प्रान्तका क्रोजन, मगर संघ यूएई, स्पेसल पुलिस लगायत १५ क्लवले भाग लिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
१५ टिममध्ये जनसम्पर्क समिति टिम उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको थियो । वाग्लुङ्ग सेवा समाज दोश्रो र स्याङ्गजा सहयोग समाजले तेश्रो स्थान हासिल गरेको छ । खेलमा यम पुन र वेलु थापा सर्वाेकृष्ट खेलाडी चयन भएका छन् ।

प्रतिक्रिया