बहुउद्देश्यीय सहकारी केन्द्रीय सङ्घ दर्ताबारे विवाद

काठमाडौँ, १४ फागुन । सहकारी आन्दोलनमा आन्तरिक सङ्घर्ष बढेको छ । बहुउद्देश्यीय सहकारी केन्द्रीय सङ्घको दर्ताबारे विवाद बढेपछि सहकारी आन्दोलनमा मतभिन्नता र हानथाप सुरु भएको हो ।
कृषि तथा सहकारीमन्त्री नन्दनकुमार दत्तले सङ्घ दर्ता गर्न आदेश दिए पनि विभागले कानुन मन्त्रालयको राय लिनुपर्ने भन्दै फाइल अघि बढाएको छैन । सङ्घ दर्ता प्रक्रियाका लागि करिब ५ महिनाअघि नै सहकारी विभागले फाइल पेसगरेको भए पनि सहकारी आन्दोलनका केही अगुवा तथा राजनीतिक दलकादबाबका कारण सङ्घ अझैदर्ता हुन नसकेको हो । दर्ता गर्ने कि नगर्ने भन्ने सबै अधिकार रजिस्ट्रार सङ्घलाई भएपनि उसले आफ्नो अधिकारसमेत कार्यान्वयन गर्न सकेको छैन ।
सङ्घ दर्ता नगर्नभन्दै विभाग समक्ष केन्द्रीय सङ्घसमेतको गरी ११ वटा दबाब परेका छन् । ‘राजिस्ट्रारले २९ माघमा प्रमाणपत्र उपलब्ध गराउने भने तापनि अझै पाउन सकिएको छैन,’ नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रीय सङ्घ तदर्थ समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले भने । उनीअनुसार बहुउद्देश्यीय सहकारीकर्मी आक्रोशित भएका छन् ।सङ्घ दर्ता नहुने हो भने कारणसहित विभागले फाइल फिर्ता गरे सबै सहकारी मिलेर कानुनी बाटो अपनाउने पनि उनले बताए ।
दर्ताको विषयलाई लिएर आन्दोलन गर्ने र देशभरका बहुउद्देश्यीय सहकारीको भेला २६ फागुनमा गर्ने कार्यक्रमसमेत रहेको उनले बताए । सहकारी ऐन २०४८ मा जिल्लाका २५ वटा प्रारम्भिक सहकारी वा पाँचवटा जिल्ला सङ्घ मिलेर विषयगत सङ्घ दर्ता गर्न सक्ने प्रावधान छ । तर, बहुउदेश्यीय सहकारीको निश्चित विषय नभएकाले केन्द्रीय सङ्घ दर्ता गर्न नहुने केही सहकारीकर्मीको तर्क छ ।
‘ऐनमा प्रस्ट उल्लेख नभए पनि दर्ता गर्ने कुनै ठूलो कुरा होइन’ सहकारीविद् अशोक शिवाकोटीले भने– ‘सहकारी आन्दोलनलाई सहयोग पु¥याउन सङ्घहरू गठन हुनु आवश्यक छ ।’ उनीअनुसार देशभर धेरै बहुउद्देश्यीय सहकारी संस्था रहेकाले सङ्घ गठन हुन आवश्यक छ । कफी, जुनारजस्ता सहकारीको केन्द्रीय सङ्घ दर्ता भएको छ भने बहुउद्देश्यीयको पनि गठन हुनु पर्ने उनको जिकिर छ ।
प्रारम्भिक सहकारी दर्ता भएपछि सङ्घ दर्ता हुनु पर्र्ने जिल्ला सहकारी सङ्घ ललितपुराका अध्यक्ष माधव दुलालले बताए । यदि ऐनले दर्तामा समस्या आउँछ भने कानुन बनाएरै भए पनि दर्ता गरिनु पर्नेमा उनले जोड दिए ।
हाल देशभरचार हजार तीन सय बहुउद्देश्यीय सहकारी संस्थासञ्चालनमा छन्, जसबाट ३० अर्बभन्दा बढीको कारोबार हुने गरेको छ । वार्षिक कारोबारमा बचत तथा ऋण सहकारी संस्थापछि दोस्रो स्थानमा बहुउद्देश्यीय सहकारीरहेका छन् । यसमा १० लाखभन्दा बढीसदस्य रहेका छन् । ४८ प्रतिशतभन्दा बढी महिला सहभागितासमेत बहुउद्देश्यीय सहकारीमा रहेको छ ।

प्रतिक्रिया