पैसाले चलेको पार्टी टिक्दैन

नेपालगन्ज १४ फागुनः नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले माओवादीका लडाकु र हतियार व्यवस्थापन नभएसम्म संविधान बन्न नसक्ने दावी गरेका छन् । शान्ति प्रकृयाको मुख्य काम मध्येको लडाकु समायोजन र हतियार व्यवस्थापन समयमा नगरेका कारण चार वर्षसम्म संविधान बन्न नसकेको खुलासा  गरे ।
नेता नेपालले नेकपा (एमाले) बांकेको प्रथम जिल्ला प्रतिनिधि परिषदको बैठक आईतवार बांकेको भवानीयापुरमा उद्घाटन गर्दै नेपालले हतियारको छायांमा बन्ने संविधान लोकतन्त्र बिरोधी हुने समेत दावी गरे । ‘माओवादीले शान्ति प्रकृया र संविधान निर्माणको काम संगसंगै गर्ने बताए पनि माओवादी पार्टीले बुझे हुन्छ हतियार र लडाकु व्यवस्थापन नभएसम्म संविधान बन्दैन ।’–नेता नेपालले भने ।
नेता नेपालले माओवादीले उपयोगीतावादी नीति नत्यागे उ छिट्ै पतन हुने पनि बताए । उद्घाटन समारोहलाई सम्वोधन गदै नेपालले माओवादी पार्टी पैसाले चलेको, धेरै दिन टिक्न नसक्ने ठोकुवा पनि गरे ।

प्रतिक्रिया