प्रिन्सिपलले नै गरे अपहरणको नाटक

लन्डन, १३ फागुन । बेलायतको क्यान्टरबरी सहरमा रहेको विनचिप फाउन्डेसन प्राइमरी स्कुलमा बिहीबार अनौठो घटना भयो । नक्कली रातो कपाल लगाएका एक व्यक्ति हातमा बन्दुक लिएर विद्यालय परिसरभित्र पसे र एकजनाको अपहरण गरे । कक्षाकोठाको झ्यालबाट अपहरण हुादै गर्दाको पूरै दृश्य देखिएको थियो । नौदेखि १० वर्ष उमेर समूहका स्कुले केटाकेटी दिउासै कसैको अपहरण भएको देखेर लुगलुग कामे ।
तर, केही छिनपछि अपहरणको नाटक रचिएको थाहा पाएपछि विद्यार्थीलाई राहत मिल्यो । अपहरणकारीको भूमिका गर्ने थिए, स्कुलका पि्रन्सिपल क्लिभ क्लोजल । उनले हातमा लिएको बन्दुक वास्तवमा धाराको टुटी थियो । यो सब सुनेपछि विद्यार्थीले सहज महसुस गरे । तर, उनीहरूका अभिभावक भने पि्रन्सिपलसाग नराम्ररी कड्किए र उनले अभिभावकको हप्की खानुपर्‍यो ।
कुनै पनि घटनाको बृहत् विवरण कसरी लेख्ने भन्ने सीप विद्यार्थीलाई सिकाउनु थियो । यसका लागि पि्रन्सिपल क्लोजले नयाा उपाय सोचे । विद्यार्थीलाई अपहरणको साक्षी बनाउने र यसै विषयमा विवरणात्मक सामग्री लेखाउने विचार उनले गरे । ‘कक्षाभित्र विद्यार्थीलाई कुनै पनि घटना कल्पिन लगाइयो भने घटनाको वास्तविक चित्र उनीहरूको दिमागमा नआउन सक्छ । त्यसैले मैले उनीहरूलाई घटनाको साक्षी बनाउने विचार गरे’ अपहरणको नाटक गर्नाको उद्देश्य खुलाउादै उनले भने ।
क्लोजले अपहरणको नाटक गरिएको केही छिनमै विद्यार्थीलाई वास्तविक जानकारी दिइएको दाबी गरे पनि अभिभावक उनीसाग रुष्ट छन् । ‘अपहरणको नाटक रचिादैछ भन्ने प्रहरीलाई खबर गरिएको थिएन । सहरबजारमा यस्तो गरिएको भए पि्रन्सिपलले प्रहरीको गोली खान सक्थे । विद्यार्थीलाई यतिसारो डर देखाउनुहुन्छ?’ असन्तुष्ट अभिभावकमध्येका एकले भने ।
-डेलिमेल)

प्रतिक्रिया