सूपका हक्की खेलाडीको हातमा कोदालो

महेन्द्रनगर, १३ फागुन । छैटौ राष्ट्रिय खेलकुदको उद्घाटनको पूर्वसन्ध्यामा महेन्द्रनगर बजार र खेल हुने स्थानमा निकै चहलपहल थियो । बाहिरी जिल्लाबाट आएका खेल पदाधिकारी, प्रशिक्षक र खेलाडीहरूका कारण कभर्डहल परिसरमा निकै चहलपहल थियो । तर, कभर्डहलको उत्तरी कुनाको एक विद्यालयमा सुदूरपश्चिमेलीले स्वर्ण पदकको आशा गरेका हक्कीका खेलाडीको अर्कै व्यस्तता थियो । उनीहरूसाग हक्की स्टिक थिएन, । हातमा थियो बेल्चा र कोदालो ।
खेल उद्घाटनभन्दा एकदिनअघि मात्रै हक्की मैदान परिवर्तन भएपछि सुदूरपश्चिमका खेलाडी प्रशिक्षणभन्दा साख जोगाउन मैदान सम्याउन व्यस्त भएका हुन् । ‘आज दिउासो मात्रै खेलमैदान परिवर्तन भयो’, खेलाडी पवन जोशीले भने, ‘खेल अवरुद्ध हुनुभन्दा अन्तिम समयमा आपैFm लागेर भए पनि मैदान बनाउन लागेका छौ ।’
आˆनो प्रशिक्षण छोडेर सबै खेलाडी मैदान बनाउन लागेका छन् । हक्की खेलका लागि तयार गरिएको बैजनाथ उच्च माध्यमिक विद्यालयको मैदानमा पानी जमेर खेल गराउन नसकिने भएपछि प्राविधिक समितिले शनिबार दिउासो दुई बजेपछि मात्रै मैदान परिवर्तन गरेको हो ।
‘ठीक्क पारिएको मैदानमा कसले पानी छाडेको रहेछ’, हक्कीका मुख्य प्रशिक्षक बाबुराम नेपालले सौर्यसाग भने ‘पानी नसुकेको हुादा अन्तिम समयमा मैदान परिवर्तन गर्नुपर्‍यो ।’ पानी सुके पनि तीन/चार दिनभित्र खेल खेलाउन नमिल्ने नेपालले बताए । खेलमैदान नजिकै ट्युबेल छ । त्यही ट्युबेलबाट मैदानमा पानी छाडिएको छ । तर, पानी कसले छाड्यो वा आफै बग्यो, कसैलाई जानकारी छैन ।
मैदान छनोटका लागि मुख्य प्रशिक्षक नेपालले अन्य दुई स्थानको अवलोकनपछि कभर्डहलनजिक राष्ट्रिय बाल विद्यालयको मैदान छनोट गरेका हुन् । अन्तिममा छनोट गरिएको स्थान पनि त्यति उपयुक्त छैन । ‘पूर्णतया राम्रो त हुने भएन’ प्रशिक्षक नेपालले भने, ‘तत्काल खेल गराउनसम्म मिल्छ ।’
मैदानभरी स-साना खाल्डा छन् । खेलाडीबाहेक आयोजकले मैदानतिर ध्यान दिएका छैनन् । सम्याउनका लागि डोजर मगाइए पनि त्यो पर्याप्त भएको छैन । खेलाडीले नै ताछेर मैदान सम्याउादै छन् ।
अन्तर्राष्ट्रिय मापदण्डअनुरूप मैदान सानो छ । त्यसलाई सम्याएर बनाउन लागिएको छ । एआइएचको नियमअनुसार मैदानको लम्बाइ ९१.४ र चौडाइ ५५ मिटर हुनुपर्छ । राष्ट्रिय बालविद्यालयको मैदानलाई ८६ मिटरसम्म प्रयोग गर्न मिल्छ । ‘नियमअनुरूप ८४ मिटरभन्दा कम हुनुहुादैन’, प्रशिक्षक नेपालले भने ‘यसको लम्बाइ खेलाउन सकिने अवस्थामै छ ।’
पांचौ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चललाई हराउादै स्वर्ण जितेको सुप टिमका खेलाडीहरू आयोजकप्रति रुष्ट छन् । उनीहरू आˆनै पुरानो स्टिकले ह्यान्डबल कोर्टमा प्रशिक्षण गर्दै आएका छन् । ‘खेलकुदलाई धेरै आग्रह गर्‍यौं, पदाधिकारीले बजेटको अभावको कारण देखाए’, प्रशिक्षक चन्दले भने । प्रशिक्षक चन्दले तीन स्टिक आˆनै तलबबाट खर्चेर खेलाडीलाई दिइएको बताए । हक्की खेलको सामग्री शनिबार सांझ मात्रै आइपुगेको छ । सोमबार आयोजक सुदूरपश्चिमको पहिलो म्याच छ । आइतबार महेन्द्रनगरमा उद्घाटनमा तेक्वान्दो प्रतियोगिता मात्रै हुनेछ । नेपाली सेनाको टिमले सहभागिता नजनाउादा हक्कीमा पांच टिमबीच प्रतिस्पर्धा हुादै छ ।

प्रतिक्रिया