शीर्ष नेतामा जिम्मेवारी बाँडफाँड

काठमाडौं, १२ फागुन । बिभिन्न आयोग गठन, शान्ति र संविधानका बिषयमा सहमित खोज्न प्रमुख दलका शीर्ष नेताहरुले  जिम्मेवारी बाँडफाँड गरेका छन् ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र सेनासमायोजन, कांग्रेस सभापति सुशील कोइरालाले बिभिन्न आयोग गठन र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधानका बिवादित बिषयमा सहमतिको प्रस्ताव बनाउने छन् । लाजिम्पाटस्थित एकीकृत माओवादीका अध्यक्ष दाहालको निवासमा शुक्रावर विहान बसेको बैठकमा तीनै दलका शीर्ष नेताहरुले निकास खोज्न जिम्मेवारी लिएका हुन् ।
आफूले पाएको जिम्मेवारी अनुसार शीर्ष नेताहरुले भोलि शनिवार पुनः बस्ने बैठकमा शान्ति, सेना समायोजन, आयोगहरु गठन र संविधानका बिवादित बिषय अहिले सम्म टुङगो लाग्न नसक्नुको कारणा समेत पेश गर्नुपर्ने छ । त्यस पछि अन्तिम सहमतिका लागि पहल गर्ने एमाले नेता नेपालले बताएका छन् । जिम्मेवारी अनुसार समाधानका प्रस्तावसहित वार्ता गर्ने निष्कर्षमा शीर्ष नतोहरु सहमति भएका हुन् ।
एमाले वरिष्ठ नेता नेपालले संविधान निर्माणमा रहेका विवादको सहमति खोज्ने जिम्मा आफूले पाएको बताए । उनले भने, ‘शान्ति प्रक्रिया र सेना समायोजन सम्बन्धी विवादमा सहमति खोज्ने जिम्मा प्रचण्डजी र आयोगको जिम्मेवारी सुशीलजी ले लिनुभएको छ ।’  दलहरुले शान्ति, संविधान र आयोगहरु बनाउने बिषयलाई आउँदो हप्ताभित्र सहमति गरेर टुङगो लगाउने जनाएका छन् ।

प्रतिक्रिया