जन्ती वस दुर्घटनामा २० घाइते

सिन्धुपाल्चोका, १२ फगुन । जन्ती बोकेको वस सिन्धुपाल्चोकको वाँसवारीमा दुर्घटना हुँदा बेहुला सहित वीस जना घाईते भएका छन् ।

घाईते मध्ये चार जना अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मेलम्चीबाट माँहाकाल जादै गरेको बा २ ख ३८२९ नम्बरको बस तिव्र गतिका कारण अनियन्त्रित भई सडकवाट करिब दुई सय मिटर तल खसेको थियो । गम्भीर घाईते चार जनाको धुलिखेल अस्पताल उपचार भईरहेको छ ।

सामान्य घाईतेको मेलम्ची अस्पतालमा उपचार भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक लोकहरी खनालले जानकारी दिए ।

प्रतिक्रिया