बेकह्यामलाई कार्टुन अवार्ड

लस एन्जेल्स, ११ फागुन । इङग्ल्यान्ड राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान डेभिड बेकह्यामले अहिलेसम्म धेरै अवार्ड हात पारेका छन् । उत्कृष्ट खेल कौशलकै कारण उनी समकक्षी र नयाँ खेलाडीदेखि लिएर प्रशिक्षकसम्मको राम्रो रोजाइमा पर्दै आए । विशेष गरी युवाबीच निकै लोकप्रिय बेकह्याम केटाकेटी माझ पनि उत्तिकै लोकप्रिय रहेको पछिल्लो एक घटनाले देखाएको छ ।
‘बेस्ट डे«स तथा स्टाइल’ र ‘बेस्ट आइकन’ क्याटेगोरीमा केटाकेटीले हाल अमेरिकी क्लब लस एन्जेल्स ग्यालेक्सीका तर्फबाट खेल्ने यी बेलायती फरवार्डलाई चुनेका हुन् ।
‘कार्टुन नेटवर्क’को दोस्रो वार्षिक ‘हल अफ गेम्स अवार्ड’ समारोहमा केटाकेटीले गरेको मतदानबाट उनी समग्र विधाका खेलाडीमध्ये ती दुई क्याटागोरीमा उत्कृष्ट चुनिएका हुन् । अवार्ड कार्यक्रममा आफ्ना तीनवटै छोरा क्रमशः ब्रुकलिन, रोमियो र क्रुजका साथ बेकह्याम त्यहाँ पुगेका थिए ।
‘यो अवार्ड मेरो परिवार र मलाई माया गर्ने हरेकका लागि महत्वपूर्ण छ,’ एक धर्मपुत्रसहित पाँच सन्तानका पिता बनिसकेका बेकह्यामले भने, ‘म जहिले पनि केटाकेटीहरूलाई प्रशिक्षण दिन मन पराउँछु ।’ बेकह्यामले केटाकेटीको रोजाइमा परेपछि आफ्नो रुची सुनाए, ‘यो मेरा अभिरुची हो । यहाँ आएर बच्चाले मतदान मार्फत जिताएको अवार्ड हात पार्दा निकै खुसी लागेको छ ।’
उनले आफुले केही समय पहिले मात्र अण्डरवियर लगाएर गरेको विज्ञापनप्रति छोराहरूले आफूलाई जिस्काउने गरेको बताए । ‘त्यहाँ ठूलो बोर्डमा बुवा अण्डरवेयरमा हुनुहुन्छ ।’ छोराहरूले बाटोमा आफ्नो पछिल्लो विज्ञापन देख्दा गरेको प्रतिक्रिया सम्झँदै उनले अवार्ड जितेपछि भने, ‘मलाई यसरी देख्दा उनीहरूले गर्व महसुस गर्छन् ।’ अवार्ड लिनका लागि उनी कान्छा छोरा क्रुजलाई लिएर स्टेजमा देखिएका थिए । सन्तानलाई धेरै समय दिने गरेका कारण बेकह्याम केटाकेटीमाझ उत्तिकै लोकप्रिय भएको हुन सक्ने बताइएको छ । कार्यक्रममा विभिन्न खेलका व्यावशायिक खेलाडीका अतिरिक्त कलाकारहरूको सहभागिता थियो ।


उत्साहित केटाकेटी आफ्ना वेस्ट कलाकार तथा खेलाडीलाई भेट्न आतुर देखिन्थे । उनीहरूले ती सेलिब्रेटीसँग तपाईहरू खुसियाली जीवन यापन गरिरहनु भएको छ भनेर सोधिरहेका थिए । कार्टुन नेटवर्कले केटाकेटीमाझ लोकप्रिय कार्टुन निर्माण गर्ने गरेको छ ।सुत्न पाउँदिनन् पत्नी
जतिबेला बावुछोरा लस एन्जेल्समा कार्यक्रम मनाइरहेका थिए, बेकह्यामकी श्रीमती भिक्टोरिया लस एन्जेल्स विमानस्थलमा आइपुगेकी थिइन् । लन्डनमा भएको फेसन सप्ताह सकेर छोरी हार्परसहित उनी अमेरिका फर्किएकी थिइन् ।
आपूm अक्सर दुःखी देखिने गरेको भन्ने आलोचनाप्रति सचेत देखिँदै उनले निकै थाकेको भए पनि औधि प्रसन्न भएको प्रतिक्रिया दिइरहेकी थिइन् । ‘हेर्नुस्, कसैले मलाई दुखी भन्छन् भने भन्न दिनुस्’, लोकप्रिय ‘स्पाइस गर्ल’ गायिका तथा फेसन डिजाइनर समेत रहेकी श्रीमती बेकह्यामले भनिन्, ‘साच्चै भन्नुपर्दा म दुःखी छैन, कुनै तनावमा पनि छैन । नपत्याए मेरो खाना हेर्नुस्, मेरो प्लेटले सबै कुरा प्रस्ट पारीदिने छ ।’
परिवारलाई धेरै समय दिनुपर्दा थकित हुने गरे पनि त्यसबाट अत्यन्तै खुसी प्राप्त हुने प्रतिक्रिया दिइन । ‘नढाटीकन भन्नुपर्दा म थकित चाही अवश्य भएकी छु,’ उनले भनिन, ‘म अरु आमा जस्तै हुँ, जो काम पनि गर्छन् र धेरै सन्तान पनि स्याहार्छन ।’
काम र सन्तान दुवैलाई बराबर समय दिनु पर्दा थकित हुने गरेको बताउदै उनले भनिन्, ‘साँच्चि भन्ने हो भने म राम्ररी सुत्न पनि पाउँदिन ।’ उनले छोरी हार्पर राति राम्ररी नसुत्ने जानकारी गराइन् भने आपूm पनि आफ्ना गीति एल्बमहरूको व्यापार–व्यवसायका लागि अक्सर नै स्काइपमा रातभरि कुराकानी गर्दै बस्ने गरेको बताइन् ।

प्रतिक्रिया