नाइजेरियामा स्कुले बालिका अपहरण भएको वर्ष दिनका अवसरमा विश्वभर विरोधसभा आयोजना गरिएका छन् । यसअघि उत्तरपूर्वी सहर चिबुकबाट वर्ष दिनअघि मंगलबार योजनाबद्ध ढंगबाट अपहरित २ सय १९ जना बालिकाको अवस्था अझै बोको हरामले सार्वजनिक गरेको छैन । एमनेस्टी इन्टरनेसनलले गत वर्षको सुरुआतयता २ हजार महिला तथा बालिकालाई इस्लामिक कट्टरपन्थीले अपहरण गरेको दाबी गरेको थियो । संयुक्त राष्ट्रसंघ तथा अफ्रिकन अधिकारवादी समूहले द्वन्द्वका दौरान बालबालिकालाई निशाना बनाउने कामको अन्त्य गर्नुपर्ने माग गरिरहेको छ । तर, नाइजेरियामा बोको हरामले बालबालिकालाई निशाना बनाउने क्रम जारी राखेको छ । युद्धका दौरान १५ लाख मानिस घरबारविहीन भएका छन्, जसमा झन्डै ८ लाख बालबालिका छन् । पछिल्लो वर्षको सुरुआतयता झन्डै १५ हजारले नाइजेरियामा ज्यान गुमाइसकेका छन् ।
नाइजेरियाको राजधानी अवुजामा आयोजना गरिएको एक वर्षे कार्यक्रममा अपहरणमा परेका बालिकालाई सकुशल मुक्त गर्नुपर्ने माग राखियो । न्युर्योकमा हाम्रा बालिका फिर्ता गर नामक अभियानका दौरान महिला हिंसा बन्द गर्नुपर्ने माग राखियो । कालो दिनको सम्झना गर्नेक्रममा विरोधनस्वरूप थुप्रैले मैनबत्ती जलाएर प्रार्थना गरेका तथा मार्चपाससमेत गरिएको अभियानकी एक सदस्य हबिबा बालोगनले बताइन् । ‘विश्वले त्यस पीडादायी दिनको सम्झना गर्नु र त्यसको सन्देश फिजाउनु राम्रो विषय हो । हामी हाम्रा बालिकामाथि के भयो भन्ने थाहा नभएसम्म यस्तो दबाब अभियानलाई निरन्तरता दिनेछौा ।’ एपीसागको कुराकानीका क्रममा उनले बताइन् ।
अप्रिल १४ का दिन गत वर्ष आफ्नो परीक्षाको अन्त्यमा रहेका २ सय ७६ बालिकालाई उनीहरू पढ्दै गरेको सरकारी ब्रोनो राज्यको ग्रामीण इलाकास्थित सरकारी निकायबाट बोको हरामले अपहरण गरेको थियो । अपहरितमध्ये ५७ जना बालिका भाग्न सफल भए पनि बााकी २ सय १९ जनाको अवस्था गत मेइयता सार्वजनिक भएको छैन् । गत मेमा अपहरितमध्ये १ सय जनाले मुस्लिम पोसाक लगाएर कुरान पढ्दै गरेको भिडियो बोको हरामले सार्वजनिक गरेको थियो । बोको हरामका नेता अबुबकर सेकुले अपहरणमा परेका सबै बालिका मुस्लिम भइसकेको र उनीहरूको विवाह गरिदिएको बताएका छन् । नाइजेरियामा भएको यो अपहरणलाई धेरैले इस्लामिक विद्रोहको हदैसम्मको क्रुरताका रूपमा लिदौ तत्काल बालिकालाई अपहरणमुक्त गर्नुपर्ने माग राख्दै आएका छन् । घटनाले सामाजिक सञ्जालमा भाइरलको रूप लिए पनि बोको हरामले अहिलेसम्म अपहरित बालिकाको वास्तविकता सार्वजनिक गर्न चासो देखाएको छैन । घटनापछि नाइजेरिया सरकारले ठूलो आलोचना सहनुपरेको थियो । नाइजेरियाको सैनिक संगठनले बालिकाका सम्बन्धमा सबै जानकारी प्राप्त भएपनि उद्धारकार्य सुरु गर्दा उनीहरूकै जीवन खतरामा पर्नसक्ने भएका कारण केही गर्न नसकेको बताउादै आएको छ । एमनेस्टीले मंगलबार सार्वजनिक गरेको नयाा प्रतिवेदनमा एक वरिष्ठ सैनिक अफिसरको भनाइ उद्धृत गर्दै बालिकालाई बोको हरामले फरक फरक विभिन्न क्याम्पमा राखेको जनाएको छ ।
गत वर्षको सुरुआतबाट घटेका ३८ घटनामध्ये बालिका अपहरणको घटना एउटा हो, अपहरणपछि भागेका बालिका तथा महिलाले उनीहरूलाई श्रम तथा विवाह र बलात्कारका लागि जर्बजस्ती बाध्य गराइने बताएका छन् ।
‘म बोको हरामलाई माफी दिन्छु– हाम्रा बालिका फिर्ता गर’ अभियानमा सरिक भएर विश्वभरका समर्थकदेखि अमेरिकाकी प्रथम महिला मिचेल ओबामा र नोबल पुरस्कार विजेता मलाला युसाफजाई समेतले बालिका अपहरणको विरोध गरेका छन् । अभियानका दौरान गत साता जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘महिला, बालबालिका तथा सबै उत्पीडित, असहाय, पीडित र असुरक्षितलाई सुरक्षाको प्रत्याभूति गराउन र मानव जीवनको शुद्धताको महत्व बुझाउन बालिकालाई सकुशल फिर्ता गराउन आवश्यक छ ।’
बालिकाको शिक्षाका पक्षमा वकालत गर्दा गोली खाएर झन्डै मृत्युको मुखमा पुगेकी मलाला युसुफजाईले सोमबार अपहरित बालिकाका नाममा खुलापत्र जारी गर्दै उनीहरूलाई ‘बहादुर बहिनी’ को संज्ञा दिएकी छिन् ।
भर्खरै मात्र निर्वाचनमा पराजित भएपछि राष्ट्रपतिको कुर्सी छाडेका गुडलक जोनाथनमाथि बालिकालाई अपहरणमुक्त गराउन पर्याप्त भूमिका नखेलेको आरोप लाग्दै आएको छ । गत महिना पूर्वसैन्य शासक मोहमाडु बुहारी राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछि जनता घटनाको वास्तविकता पत्ता लाग्नेमा आशावादी छन् । अपहरणपछि भागेका ५७ मध्ये २१ जना बालिका नाइजेरियाको योलास्थित अमेरिकी विश्वविद्यालयमा पढ्दै आएका छन् । उनीहरूले एपीसाग इमेलमा कुराकानी गर्दै भविष्यमा चिवुक वा नाइजेरिया मात्रै नभएर सम्पूर्ण विश्वमा यस्तो घटना नदोहोरीने आशा व्यक्त गरेका छन् । अपहरणमा परेका बालिकाले घटनामा संलग्न बोको हरामका सैनिकलाई माफी दिएका छन् । ‘मैलो बोको हरामलाई उनीहरूले गरेको कार्यमा माफी दिइसकेको छु । प्रार्थना गछ्र्रु भगवान्ले पनि उनीहरूलाई माफी दिऊन् ।’– अपहरणपछि भागेकी एक बालिकाको भनाइ छ । (एजेन्सी)
अपहरितलाई मलालाको खुलापत्र
चिबुकबाट अपहरणमा परेका मेरा बहादुर बहिनीहरू,
अपहरणको पहिलो वर्ष दिनमा म ऐकेबद्धता, माया र आशाका साथ यो पत्र तिमीहरूलाई लेखिरहेकी छु ।
मेरा नाम मलाला हो । म तिमीहरूकै उमेरकी पाकिस्तानी हुा । म संसारका दशौा लाखमध्ये एक हुा, जसले तिमी र तिमीहरूका परिवारका लागि चिन्ता तथा प्रार्थना गरेको छ । तिमीहरूले भोगेको त्रासदीपूर्ण घटनको पूर्ण कल्पना हामी गर्न सक्दैनौा, तर याद गर : हामी तिमीहरूलाई कहिल्यै बिर्सने छैनौा । हामी सधौ तिमीहरूको पक्षमा छौा । आज भोलि र सधौ, हामी नाइजेरियाली अधिकारी र अन्तर्राष्ट्रिय समुदायसाग तिमीहरूलाई घर फर्काउन माग गर्छौं । तिमीहरू आफ्नो परिवारसाग नजोडिएसम्म हामी आराम गर्ने छैनौा ।
तिमीहरूजस्तै, म पनि बालिकाले विद्यालय गएको देख्न नसक्ने सैनिकको निशाना बनेकी थिएा । बन्दुकधारीले म र मेरा दुई साथीमाथि स्कुलबसमा प्रहार गरेका थिए । हामी तीनै जना जोगियौा र अहिले स्कुल फर्किएका छौा । हामी अब सबै बालिकाले सही शिक्षा पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छौा । तिमी र तिमीहरूजस्ता विश्वका सबै बालबालिका स्वतन्त्र नभएसम्म सुरक्षित र गुणस्तरीय शिक्षाका लागि हाम्रो अभियान जारी रहनेछ ।
गत जुलाईमा मैले नाइजेरियामा तिमीहरूमध्ये केहीे परिवार र तिमीहरूसागै अपहरणमा परेर भागेका ५ जना सहपाठीसाग आफ्नो १७ औा जन्मदिन मनाएकी थिएा । तिमीहरूका आमा–बाबु हृदयविदारक अवस्थामा छन्, उनीहरू तिमीहरूलाई माया गछ्र्रन् र मिस गर्छन् । मैले र मेरो बाबुले रोएर तिमीहरूका लागि तिम्रा बाबु–आमासागै प्रार्थना गरेका छौा । तिमीहरूसागै भागेका बालिकाको चुनौतीसाग लड्दै उच्च शिक्षा पूरा गर्ने अभिलाषा देखेर म र मेरा बुबा प्रभावित भएका छौा । तिम्रो परिवारसागै अपहरणपछि भागेका तिमीहरूका सहपाठीलाई सक्दो सहयोग गर्ने कसम मैले र मेरा बुबाले खाएका छौा । मैले नाइजेरियाका राष्ट्रपति गुडलक जोनाथनलाई तिमीहरूको स्वतन्त्रताका लागि कडा कदम चाल्न माग गरेको थिएा । मैले राष्ट्रपति जोनथनलाई तिमीहरूको परिवार र अपहरणपछि भागेका तिमीहरूका सहकर्मीलाई भेट्नसमेत आग्रह गरेका थिएा , उनले केही दिनपछि उक्त काम गरे । मेरो बुझाइमा अझै नाइजेरियाका नेता तथा अन्तर्राष्ट्रिय समुदायले तिमीहरूको सहयोगमा पर्याप्त काम गरेका छैनन् । तिमीहरूलाई उद्धार गरेर सार्वजनिक गर्न उनीहरूले अझै धेरै गर्नुपर्छ । म तिमीहरूलाई स्वतन्त्र गर्नका लागि उनीहरूमाथि दबाब दिने धेरै व्यक्तिमध्ये एक हुा ।
आशा र विश्वासका लागि धेरै कारण छन् । नाइजेरियाली सैनिकले गुमेको भूभाग फिर्ता गर्दै छन् र थुप्रै स्कुललाई सुरक्षा दिादै छन् । नाइजेरियाका नवनिर्वाचित राष्ट्रपति मुहामाडु बुहारीले तिमीहरूको सुरक्षा उच्च प्राथमिकता रहेको र सरकारले महिला तथा बालिकामाथिको हिंसा सहन नसक्ने वाचा गरेका छन् ।
तिमीहरूले चाहेको शिक्षा प्राप्त गर्ने अवसर तिमीहरूसामु हुनेछ र त्यसका लागि तिमीहरू योग्य छौा । मलाला फन्ड र अन्य संस्थाले अपहरणपछि भागेका तिमीहरूका सबै सहपाठीलाई उनीहरूको माध्यमिक शिक्षाका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । अपहरणपछि भागेका धेरै बालिकाले यो छात्रवृत्तिलाई स्विकार गरेका छन् र उनीहरू सुरक्षित बोर्डिङ स्कुलमा आवश्यक सहयोगसहित आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेका छन् । हामी कुनै दिन उस्तै छात्रवृत्ति तिमीहरू सबै २ सय १९ लाई उपलब्ध गराउने आशा गर्छौं, जब तिमीहरू घर फर्कनेछौा ।
स्मरण गरर एकदिन तिमीहरूको विछोडपूर्ण परीक्षाको घडी समाप्त हुनेछ, तिमीहरू आफ्ना परिवार र साथीभाइसाग एक हुनेछौ र तिमीहरूसाग शिक्षा पूरा गर्ने अवसर हुनेछ, जसलाई तिमीहरूले बहादूरीपूर्वक चाहेका छौ । म अगाडि बढेर त्यो दिनको कल्पना गरिरहेको छु जुन दिन तिमीहरूसाग एकएक गरी अंकमाल गर्नसक्छु, तिमीहरूसागै प्रार्थना गर्नसक्छु र तिमीहरूको परिवारसाग तिमीहरूको स्वतन्त्रता उल्लास मनाउन सक्छु । त्यतिबेलासम्म बहादुरीपूर्वक बस र कहिल्यै आशा नगुमाओ ।
तिमीहरू मेरा नायक हौ ।
प्रतिक्रिया