दुई सय नौ महायज्ञ आरम्भ

काठमाडौं, २ वैशाख । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा आह्वान गरिएबमोजिम मंगलबारदेखि देशका विभिन्न ४२ जिल्लामा दुई सय ९ वटा महायज्ञ सुरु भएका छन् ।
नेपाल माता महिमा राष्ट्रिय विराट महायज्ञमा श्रीमद्भागवत पाठ परायणका साथै नेपाल माता र पञ्चमहालक्ष्मीको पूजामंगलबारा हुन्छ । देशैभरि एकै तिथि, मिति र मुहूर्तमा मंगलबार बिहान ७ बजेबाट सुरु भएका यी महायज्ञ सात दिनसम्म सञ्चालन हुनेछन् ।
नयाा वर्षको अवसरमा नेपालीको सुख, समृद्धि, आयु, आरोग्य र शान्तिको कामना गर्दै स्वामी कमलनयनाचार्यको आह्वानमा विराट महायज्ञ एक सय ८ आह्वान गरिएकामा व्यक्ति वा संस्थाले स्वत:स्फूर्तरूपमा ती महायज्ञहहरू आयोजना गरेका हुन् ।
अखण्ड ज्योति बाबा श्रीजी च्यारिटेबल ट्रस्टको आयोजनामा गरिएका यी महायज्ञबाट उठेको रकमले काठमाडौंको सुनटोल–८ सााखुमा नेपाल माताको मन्दिर निर्माण गरिने ट्रस्टले जनाएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा २५ वटा यज्ञ सुरु भएका छन् । ती महायज्ञमध्ये काठमाडौंको गोल्फुटारमा रहेको स्वामी कमलनयनाचार्य आश्रममा धौलागिरि सेवा समाजले यज्ञ लगाएको छ । त्यस्तै यज्ञहरूमध्येको मूल यज्ञ भक्तपुरको छालिङस्थित पञ्चमहालक्ष्मी मन्दिरमा सञ्चालन गरिएको छ ।
सो महायज्ञको मंगलबार बिहान सुभारम्भ गर्दै स्वामी कमलनयनाचार्यले नेपाली जनको सुख समृद्धि र आरोग्यका साथै नेपालमा हिन्दू धर्मको प्रवद्र्धन र संरक्षणका लागि यी यज्ञको आयोजना गरिएको भन्दै आफ्नो आह्वानमा गरिएका महाज्ञमा जुटेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
देशैभरिका यी यज्ञको समापन सोही छालिङस्थित महालक्ष्मी मन्दिरमा यही वैशाख १५ गते मध्याह्नमा विशेष कार्यक्रमका साथ गरिने कार्यक्रम रहेको सो ट्रस्टले जनाएको छ ।

प्रतिक्रिया