पाकिस्तानमा बन्दुकधारीले बीस कामदार हत्या

Balochistan_kqytnक्वेटा, २८ चैत । पाकिस्तानको दक्षिणपश्चमी भागमा अवस्थित तनावग्रस्त प्रान्त बलुचिस्तानमा बन्दुकधारीले २० निर्माण मजदुरलाई उनीहरूको आएको स्थान बारे जानकारी प्राप्त गरेपछि नजिकबाटै गोली हानी हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् ।

तेल, ग्यास खनिजले धनी उक्त प्रान्तमा अधिक नियन्त्रण प्राप्त गर्न पृथकतावादीहरूले प्रयास गरिरहेका छन् र यो क्षेत्र हाल हिंसाग्रस्त छ ।

बन्दुकधारीहरूले बाहिरबाट आएका व्यक्तिले यहाँ बसोवास गर्न चाहेको भनी उनीहरूमाथि आक्रमण गरिरहेका छन् ।

यस प्रान्तका वरिष्ठ प्रहरी अधिकारी तारिक खिलजीले सशस्त्र बन्दुकधारीले बलुचिस्तानको गोख दोन क्षेत्रमा कामदारको शिविरमा प्रवेश गरी ती २० कामदारको हत्या गरेको बताए ।

उनले मारिएका व्यक्ति सबै यो प्रान्तबाहिरबाट आएको बताए । तीमध्ये १६ पञ्जाव तथा चार सिन्ध प्रान्तबाट आएको बताइएको छ ।

उक्त घटना क्वेटाबाट १०५० किलोमिटर दक्षिण–पूर्वी भागमा भएको बताइएको छ । यस घटनाको पुष्टि यस प्रान्तका वरिष्ठ प्रशासकीय अधिकृत अकबर हुसेन दुरानीले गरेका छन् ।

उनले यी कामदार स्थानीय सानो पुल बनाउन कार्यरत रहेको बताए ।
उनले केही कामदार बन्दुकको गोली तथा चिच्याहटबाट ब्युँझिएको बताए ।

उनले कामदारलाई रहरै राखिएको र उनीहरूको पहिचान प्राप्त गरेपछि नजिकैबाट गोली हानी उनीहरूको हत्या गरिएको बताए ।

हुसेनले अर्धसैनिक बलले यी कामदारलाई सुरक्षा दिइरहेको र ठूलो सङ्ख्या सशस्त्र आक्रमणकारीले आक्रमण गरेपछि उनीहरू त्यहाँबाट भागेको बताए ।

उक्त आक्रमणको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन र हुसेनले विद्रोहीले यस स्थानमा बसोवास गर्ने गैर बलुच व्यक्तिमाथि आक्रमण गर्ने गरेको बताए ।

प्रतिक्रिया