दस नायिका जसले विहे गर्ने केटा पाएनन्

nargis-fakhri-33a
मुम्बई । उमेरले चार दशक असपास रहेका बलिउडका दश नायिकाहरूले अझै पनि विहेका लागि उपयुक्त बर पाएका छैनन् । राम्रो बर नपाउँदा उनीहरू चार दशक नजिक रहँदापनि अविवाहित छन् ।

उनीहरू विहेका बारेमा खुलेर कुरा गर्न चाहँदैनन् पनि । अविवाहित धेरै नायिकाहरू फुर्सदिला पनि छन् । केही नायिका मात्रै अलि व्यस्त छन् ।

कुनै समयमा चलेका नायिकामा पर्ने उनीहरूको विहेलाई लिएर चर्चापरिचर्चा हुने गरेको छ । कहिले काहीँ ती नायिकाहरूको विहेको हल्लाले तहल्का मच्चाउने गरेको छ ।

Susmita-Senमिस युनिभर्सल भइसकेकी नायिका सुस्मीता सेनले ३९ वर्ष परा गर्दैछिन् । उनले विहेको सुरकसेकी छैनन् । उनी बलिउड फिल्ममा पनि देखिन छाडेको धेरै भइसकेको छ ।

amisha-patel-sexy-hot-leg-bनायिका हुन् अमीषा पटेल पनि अविवाहित छिन् । ३८ वर्षमा प्रवेश गरिसकेकी उनको विहेले बेलाबेला चर्चा पाउने गरेको छ । तर उनले अहिलेसम्म विहे नगर्नुको कारण खेलेर बताउँदिनन् ।

bipasha-basuनायिका बिपाशा बसले पनि ३६ वर्ष पारगर्न थालेकी छिन् । उनको नाम विभिन्न नायकहरूसँग जोडिएर आए । तर विहे भने हुन सकेको छैन । अहिले उनीको विहेको कुरा पनि यत्तिकै सेलाएको छ ।

preity-zintaहाँस्दा गालामा खाल्डो (डिम्पल) पर्ने ४० वर्षीया नायिका प्रिती जिन्टा पनि अविवाहित छिन् । विहेका लागि प्रिती जिन्टाको नाम विभिन्न अभिनेता, व्यापारी एवम् खेलाडीसँग जोडिए पनि उनले आफू सहाउँदो जीवन साथी पाएकी छैनन् । प्रितीको नाम व्यापारी नेस वाडियासँग जोडिएर आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले उनीहरूकाबीच राम्रो सम्बन्ध छैन ।

Priyanka_Chopraबलिउडमा चलेकी नायिका प्रियंका चोपडा पनि हुन् । ३२ वर्षीया प्रियंकाले अझै आफ्नो विहेका बारेमा कुनै योजनानै बनाएकी छैनन् । उनले अझै दुई/चार वर्ष अविवाहित बस्ने योजनामा छिन् ।

Tabbuसन् १९९० को दशकमा चलेकी नायिकामा पर्छिन् तब्बु । ४० वर्षीया तब्बुले अहिलेसम्म आफू सहाउँदो बर पाएकी छैनन् । उनले आफ्नो विहे कहिले हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा खासै खुलेर केही बताउँदिनन् ।

Urmila-Matondkarचुलबुले नायिकाको छवि बनाएकी उर्मिला मांतोड़करले ४० वर्ष पारगर्ने क्रममा छिन् । तर उनले विहे कोसँग गर्ने हुन् अझै कुनै पत्तो छैन ।

katrina-kaifकुनै समय बलिउडमा एकछत्र आधिपत्य जनमाउन सफल भइसकेकी कटरीना कैफको विहेको चर्चा बेलाबखत आउने गर्छन् । तर विहे भने भइकसकेको छैन । नायिक सलमान खानसँग विहे हुने चर्चा चलेपनि त्यो चर्चा त्यत्तिकै सेलाएर गएको छ ।

३१ वर्षीया कटरीनाको विहे अर्का नायक रणवीर कपुरसँग खुब चल्ने गरेको छ । उनीहरू डेटिङमा जानेसमेत गरेका छन् ।

Mallika_Sherawatबोल्ड अभिनेत्री मल्लिका शेरावत ३८ वर्षकी भइसकेकी छिन् । उनले पनि विहेको कुनै योजना अहिलेसम्म बनाएकी छैनन् ।

nargis-fakhri-nakedअंग प्रदर्शनमा उदार नरगिस फाखरीको विहे बेलाबेला चर्चामा आउने गर्छ । तर विहे भने भइसकेको छैन । ३५ वर्षीया नरगिसले आफू सुहाउँदो केटा नपाएका कारण विहे गर्न नसकेको प्रतिक्रिया दिने गरेकी छिन् ।

प्रतिक्रिया