छात्रामैत्री शौचालय निर्माण गर्ने विद्यालय पुरस्कृत

Nunthala School Khotangखोटाङ, १७ चैत । विद्यालय सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सफल खोटाङको एक विद्यालय पुरस्कृत भएको छ ।

छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था, छात्रामैत्री शौचालय, साबुनपानीको प्रयोग, फोहोरको उचित व्यवस्थापनलगायत सरसफाइसम्बन्धी आनीबानीमा परिवर्तन ल्याउन सफल भएकामा नुनथलास्थित जालपा मावि पुरस्कृत भएको हो ।

जिल्लाका ३० विद्यालयलाई पछि पार्न सफल विद्यालयलाई प्रोत्साहनस्वरुप २० हजार र प्रशंसापत्र प्रदान गरिएको छ ।

विद्यालयको सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका लागि विद्यालयमै क्रियाशील बाल क्लबको सहमतिमा मात्र चलाउन पाउनेगरी विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको पेम्बा तामाङले बताए ।

प्रतिक्रिया