‘पार्लियामेन्ट्रिज विथआउट बोडर्स फर चिल्ड्रेन राइट’ गठन

Kailash_Satyarthiकाठमाडौं, १४ चैत । चेलिबेटी बेचबिखन अन्त्य गर्दै विश्वका बालबालिकालाई शिक्षामा अग्रसर बनाउने उद्देश्यले विभिन्न देशका सांसद सम्मिलित ‘पार्लियामेन्ट्रिज विथआउट बोडर्स फर चिल्ड्रेन राइट’ नामक समिति गठन गरिएको छ ।

नोवेल शान्ति पुरस्कार विजेता भारतीय नागरिक कैलाश सत्यार्थीको संरक्षणमा गठन गरिएको सो समितिमा बङ्गलादेश, पाकिस्तान, भारत र नेपालसहित विभिन्न देशका नौजना सांसद सदस्य रहेका छन् ।

नेपालका तर्फबाट समिति सदस्य रहेका सभासद् डिल्लीबहादुर चौधरीले सो समितिलाई सक्रियताका साथ विश्वभरि फैलाउने बताए ।

नोवेल शान्ति पुरस्कार विजेता सत्यार्थीले नेपालमा पछिल्लो पटक बढ्दै गएको बलात्कार, कुटपिट, चेलीबेटी बेचबिखनलगायत महिला हिंसाका घटनालाई राजनीतिभन्दा माथि उठेर न्यूनीकरण गर्नुपर्नेमा जोड दिएको सभासद् चौधरीले जानकारी दिए ।

काठमाडौंको बूढानीलकण्ठमा भएको बैठकमा सहभागीले हरेक बालबालिकाको प्रवद्र्धन र संरक्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिवर्तन गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया