यमनमा भएको हमलामा परी चालीस विद्रोही मारिए

yaman4साना, १४ चैत । यमनमा गरिएको साउदी अरेबिया नेतृत्वको हवाई आक्रमणमा परी गएको २४ घन्टाभित्र कम्तीमा पनि ४० जनाको ज्यान गएको समाचार छ ।

मारिने ती ४० जना सर्वसाधारण रहेको समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार अरेबियाको सेनाले गएको २४ घन्टादेखि यमनमा हवाई हमला गरिरहेको छ ।

साउदी सेनाले यमनमा रहेका सिया मुस्लिम विद्रोहीका विरुद्ध हवाई आक्रमण गरेको हो । आक्रमणमा परी मारिने व्यक्तिमा भने सर्वसाधारण परेको बताइएको छ ।

साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार साउदी सेनाले सिया विद्रोहीविरुद्धको कारबाही जारी नै राखेको छ ।

दक्षिणी सानाको एक विद्रोहीको क्याम्पलाई लक्ष्यगरी शुक्रबार बिहान गरिएको अर्काे एक आक्रमणमा परी त्यहाँ रहेका १२ जना सर्वसाधारण ठहरै भएका थिए ।

यमनको दक्षिणी अधिकांश क्षेत्रमा हाल विद्रोहीको नियन्त्रण हुन पुगेको बताइएको छ । त्यसैले सेनाले सो हमला गरेको हो ।

प्रतिक्रिया