इस्लामावाद, १३ चैत । पाकिस्तान साउदी अरेबियाको क्षेत्रीय अखण्डता संरक्षणका लागि तयार रहेको प्रतिबद्धता पाकिस्तानी रक्षामन्त्रीले जनाएका छन् । उनले तर पाकिस्तान कुनै पनि देशसँग विवाद बढाउन भने नचाहेको बताए । उनले सो धारणा पाकिस्तानको संसदमा शुक्रबार मात्र राखेका हुन् ।
पाकिस्तानी रक्षामन्त्री खवाजा असिफले पाकिस्तानी संसदमा जानकारी दिँदै भने, ‘अहिले नै पाकिस्तानले यमनका सियाविरुद्धको आक्रमणका लागि सेना पठाउने सोचमा छैन ।’
साउदी अरेबियाले यमनका राष्ट्रपतिमाथिको आक्रमणलाई निरन्तरता दिइरहेका यमनी सिया विद्रोहीमाथि हवाई आक्रमण सुरु गरेको छ । साउदी अरेबियाले ती सिया विद्रोहीमाथिको कारबाहीका लागि पाकिस्तानको पनि साथ मागेको थियो । सोही समाचारको प्रतिउत्तरका रुपमा पाकिस्तानी रक्षामन्त्रीको यो भनाइ आएको हो ।
पाकिस्तानी रक्षामन्त्री खवाजले त्यस्तो कुनै पनि देशबीचको विरोधका रुपमा पाकिस्तान सहभागी नहुने जानकारी दिए । उनले मुस्लिम राष्ट्रहरुबीच द्वन्द्व ल्याउने कुनै पनि काम पाकिस्तानले नगर्ने बताए ।
यमनका राष्ट्रपतिको सरकारका विरुद्धमा आक्रमण जारी राखेको त्यहाँको विद्रोही समूह सिया र हुथीका विरुद्धमा पाकिस्तानी सरकारले यमनमा हवाई आक्रमण गरेको छ । एजेन्सी
प्रतिक्रिया