बागलुङमा असिनापानीले हिउँदे बालीमा क्षति

Bariस्याङ्जा, ५ चैत । बुधबार साँझ परेको असिना पानीका कारण बागलुङको उत्तरी क्षेत्र बागे वाङसिङ र वागेफड्के गाविसमा लगाइएको हिउँदे बाली र तरकारीखेती नष्ट भएको छ ।

वाङसिङ गाविसका वडा नं ४ देखि ९ सम्म र वागेफड्केका ८ र ९ वडामा लगाइएका तोरी, गहुँ र हिउँदे तरकारी र स्विस साग, गोलभेँडा, प्याज सखाप भएको स्थानीयवासी रुकुमदत्त पौडेलले जानकारी दिए । उनका अनुसार भर्खरै फूल लागेका र चिचिला लागेका आरुबखडा, नासपती, सुन्तलालगायतका फूल सबै झरेर नाश भएका छन् ।

यसैबीच वाङसिङ गाविसमा किसान कृषिउपज सङ्कलन केन्द्र ३७ लाख ५० हजारको लागतमा निर्माण भएको छ ।

प्रतिक्रिया