काठमाडौं, १ चैत । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको वार्ता पनि निष्कर्ष बिहीन सक्किएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कोइराला र दाहालबीचको वार्ताका क्रममा संविधान निर्माणका विषयमा छलफल भएको हो ।
वार्तापछि पत्रकारसँग एमाओवादी अध्यक्ष दाहालले भने, ‘संविधान सहमतिमा जारी गर्ने विषयमा कुरा भयो, मूर्त कुरा केही भएन ।’
प्रधानमन्त्री कोइरालाले विपक्षी मोर्चाका संयोजकसमेत रहेका दाहाललाई संविधान निर्माण सहमतिमै गर्ने आश्वासन दिएका थिए ।
यद्यपि, दाहालले सत्तारुढ दल एमालेका विषयमा असन्तुष्टि जनाएको बुझिएको छ ।
संघीयताका विषयमा सत्तारुढ र विपक्षी मोर्चाबीच विवाद हुँदै आएको छ ।
प्रतिक्रिया