इलेक्ट्रोनिक इन्जिनियर बनेर अवैध काम

सौर्य समाचार
काठमाडौं, २९ फागुन । काठमाडौं महानगरपालिका १८, नरदेवीस्थित आफ्नै घरमा अवैध भीओआईपी सञ्चालन गरेको अभियोगमा इन्जिनियर पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले स्मार्ट सेलको कोर डिपार्टमेन्टमा काम गर्ने इलेक्ट्रोनिक इन्जिनियर ३३ वर्षीय प्रदीप श्रेष्ठलाई ‘अप्रेसन भ्वाइस फोक्स’अन्तर्गत पक्राउ गरेको हो । उनको साथबाट एनटीसीका सिमकार्ड १२०, १६ पोर्टको भीओआईपी गेटवे, १६ पोर्टको जीओआईपी गेटवे, एक्साइड ब्याट्री (७५०), टीपी लिंक राउटरलगायतका विभिन्न उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया