हामी आयौं

सौर्य दैनिक पत्रिकाको अनलाइन संस्करण केही समयको स्थगनपछि सुचारु भएको छ । यस अवसरमा हामी पाठक, विज्ञापनदाता, ग्राहकका साथै शुभेच्छुकप्रति खुसी बाँड्न चाहन्छौं । अनलाइन संस्करण मात्र होइन, पत्रिकाको ‘प्रिन्ट भर्सन’ पनि हामी चाँडै पाठकमाझ ल्याउनेछौं ।

सिर्जना इन्टरनेसनल मिडिया प्रा. लि.का तर्फबाट यस अनलाइनका साथै सौर्य दैनिक पत्रिका प्रकाशन हुनेछ । हामी अनलाइन संस्करणलाई विश्वसनीय न्युज पोर्टल बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं । अनलाइन पत्रकारिताले गति लिन थालेको यो बेला समाचारको विश्वास कायम राख्ने चुनौती पनि छ, त्यो पक्षमा चुक्दैनौं भनेर प्रतिबद्धता जाहेर गर्छौं । पाठकको सद्भाव निरन्तर रहने हाम्रो अपेक्षा छ ।

नयाँ व्यवस्थापनका साथ यस अनलाइनको सुरुवातसँगै पत्रिका पनि अब केही दिनपछि नै नियमित रूपमा प्रकाशन हुनेछ । पाठकका साथै शुभेच्छुकको प्रतीक्षाको घडी अब चाँडै सकिने विश्वास दिलाउँछौं ।

प्रतिक्रिया