माओवादीमा लोकतन्त्र !

काठमाडौं २३ चैत । एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ नेतृत्व निर्वाचन प्रणालीबाट चयन हुने भएको छ । क्रान्तिकारीको किर्तिपुरमा चलिरहेको १९ औ महाधिवेशनले विधानलाई संशोधन गर्दै नेतृत्व निर्वाचन प्रणालीबाट चयन गर्ने निर्णय गरेको हो । क्रान्तिकारीले नेतृत्व तल्लो तहदेखि नै निर्वाचित भएर आउनुपर्ने नया व्यवस्था गर्ने भएको हो । यस अघि अखिल क्रान्तिकारीको सवै तहको नेतृत्व पार्टीले चयन गर्दै आएको थियो ।
क्रान्तिकारीका निबर्तमान कोषाध्यक्ष रुद्र विष्टले पहिलेदेखि चलिआएको सर्वसम्मतको कुरालाई परिमार्जन गदै अव कुनै पनि सदस्य निर्वाचित भएर आउनु पर्ने नयां नियम बनाइएको जानकारी गराए ।
क्रान्तिकारीको विधानमा नै महाधिवेशन भएपनि पुरानो कार्यसमितिले प्रस्ताव गरेको कार्यसमितिलाई नयां नेतृत्व दिने उल्लेख गरिएको थियो । शनिवारदेखि शुरु भएको बन्दसत्रमा सहभागि प्रतिनिधीले विधान संशोधनको नयां खाका ल्याएका थिए । बन्दसत्रमा सवै प्रतिनिधीलाई १७ भागमा समूहगत रुपमा विभाजन गरि छलफल चलाइएको थियो । कोषाध्यक्ष विष्टका अनुसार समूहगत रुपमा विधान संशोधनको कुरालाई सोमबार पारित गरिने जानकारी गराए । उनका अनुसार सोमबार विधान संशोधन भएपछि मंगलबार नयां नेतृत्वको लागि चुनावी प्रक्रिया शुरु हुने छ । रमेश विष्ट, जागृत रायमाझी र विन्दामान विष्ट अध्यक्षको आकांक्षी रहेका छन् । रमेश र जागृत निबर्तमान उपाध्यक्ष हुन् भने विन्दामान महासचिव हुन् ।
पार्टी हेटक्वाटरले नयां नेतृत्वका लागि सर्वसम्मतको प्रयास गरे पनि आइतबार सफल भएन । सोमबार १२ बजेसम्म पार्टी हेटक्वाटरले सर्वसम्मत गरिसक्ने स्रोतले बतायो । महासचिवमा नरेन्द्र न्यौपाने, अनिल शर्मा र रुद्र विष्टको दावी रहेको छ । देशभरिबाट करिव १ हजार २ सय ६७ जना प्रतिनिधी सहभागि रहेका छन् । महाधिवेशनले ठूलो समूहको कार्यसमिति घटाएर अध्यक्ष, ३ उपाध्यक्ष, महाचिव, कोषाध्यक्ष र ७ सचिव सहित १ सय ५१ सदस्यीय नया कार्यसमिति चयन गर्ने छ ।

प्रतिक्रिया