उपसभामुखको निर्वाचन बुधवार हुने

काठमाडौं : संविधानसभा सचिवालयले १४ फागुनमा हुने संविधानसभा उपसभामुखको निर्वाचनसम्बन्धि कार्यतालिका सार्वजनिक गरेको छ ।
जसअनुसार सोमबार बिहान १० देखि १२ बजेसम्मका लागि सहमतिको आधारमा उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ । दिउँसो २:३० बजे नामावली प्रकाशित गरिने सचिवालयले जनाएको छ । कार्यतालिकाअनुसार सोमबार सहमति नभए मंगलबार बिहान १० देखि २ बजेसम्म बहुमतीय आधारमा उम्मेदवारी दर्ता गर्ने रहेको छ ।
सचिवालयका अनुसार फागुन १४ गते बुधबार बिहान ११ बजेबाट संविधानसभाको बैठकमा उपसभामुखको निर्वाचन सुरु गरिने बताइएको छ । (सौस)

प्रतिक्रिया