काठमाडौं, २३ मंसिर । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवसरवादी भएको आरोप लगाएका छन् । शनिबार आयोजित साक्षात्कारमा उपाध्यक्ष गजुरेलले भने, ‘निर्वाचनमा भाग लिने, मेची–महाकाली अभियान सञ्चालन गर्ने, निर्वाचनका दिन ऐतिहासिक र युगान्तकारी मतदान सम्पन्न भो भनेर वक्तव्य निकाल्ने अनि मतगणना सुरु भएपछि मध्यरातमा निर्वाचन धाँधली भो भन्ने यो अवसरवादी चरित्र हो कि होइन भन्ने ?’ ४ मंसिरको निर्वाचनमा भाग नलिएको नेकपा–माओवादीले संविधानसभामा तेस्रो स्थानमा ओर्लेको एमाओवादीसँग कार्यगत एकताको कुनै औचित्य नरहेको पनि बताए । नेता गजुरेलले एमाओवादीले संविधानसभा छाडेर आफ्नो पार्टीले उठाउँदै आएको गोलमेच सम्मेलनमा सहमति जनाएमा मात्र कार्यगत एकतामा सोच्न सकिने बताए ।
प्रतिक्रिया