काठमाडौं, १८ मंसिर । दोस्रो एनसेल कप फुटबल प्रतियोगितामा नेपाल आर्मी क्लब र हिमालयन शेर्पा क्लबले विजयी सुरुआत गरेका छन् । सोमबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई २–० ले हरायो भने त्यसै दिनको अर्को खेलमा हिमालयनबाट फ्रेन्ड्स क्लब ३–१ ले पराजित भयो।
अत्यन्त प्रतिसपर्धात्मक खेलको अन्तिम पाच मिनेटमा दुइ गोल गर्दै नवयुग श्रेष्ठले गरे । नवयुग श्रेष्ठले आर्मीलाई जित दिलाए । नवयुगले ८६ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । अतिरित्त समयमा नवयुगले व्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गर्दै आर्मीको २–० को जित पक्का गराए । त्यसअघि दुबै टिमले पहिलो हाफमा पाएका अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो हाफको ४० मिनेटसम्म पनि दुबै टिम गोल गर्न नसकेको अवस्थानमा नवयुगले गोल गर्दै आर्मीको जितमा नायक साबित भए ।
अर्को खेलमा हिमालयन शेर्पाले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्यो । खेलको ३८ औं मिनेटमा कप्तान पुकार गहतराज गोल गर्दै शेर्पालाई अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको हिमालयन शेर्पाका लागि ६३ औं मिनेटमा धिराज तामाङले अग्रता दोब्बर पारे । । ७३ औं मिनेटमा फ्रेण्डसका अर्जुन सुब्बाले गोल गर्दै अग्रता घटाएको केहि समयमै सेगुनले गोल गरेपछि हिमालयन शेर्पा ३–१ ले विजयी भयो ।प्रतियोगिताअन्तर्गत मंलबार थ्रीस्टार क्लब र शसस्त्र प्रहरी बल तथा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया