एजेन्डा परास्त भएकै हो त ?

himal_dhanसंविधानसभाको दोस्रोपटकको निर्वाचन पनि सम्पन्न भइसकेको छ । सम्पन्न यो अर्थमा कि नेपालका दलहरूले दुई वर्षको अवधि थप गरी संविधानसभाबाट नेपाली जनतालाई नया संविधान दिन नसकेपछि यो अवस्था आएको हो । लाजको पसारो नेपाली जनताले संविधान लेख्नका लागि दोस्रो पटकको निर्वाचनमा पनि मतदान गर्नुपर्‍यो । यो निर्वाचन विवाद रहित हुन सकेन । जालझेलबाट मत गणना थपघट भयो भन्ने एउटा भनाई आएको  छ भने पवित्र ढंगले निर्वाचन सम्पन्न भयो भन्ने अर्काथरिको विष्लेषण आएको चर्चामा रहेकै छ । यसभन्दा पनि भिन्न विषय विभिन्न पत्रपत्रिकामा साताभरि लगातार यो कुरो आईरहेको छ कि एकथरिको एजेन्डाले हारखाइसक्यो । अब देशमा राम्रो हुन्छ ।
उच्च जातीय अहंकारीहरू वहुपहिचानको संघियता भनिरहेका छन् भने स्थानीय जातीय अहंकारीहरू एकल पहिचान सहितको संघियताबारे जिकिर गरिरहेकै छन् । यी जिकिरहरूबाट हामी के बुझ्छौ भने जातीय समस्या नेपालमा विद्यमान छ । हामी माक्र्सवादी, लेनिनवादीहरूको भने एकल वहुल पहिचानको कुरो होइन ऐतिहासीक पहिचानको आधारमा जातीगत रूपमा उत्पन्न गराइएका साथै उत्पादीत जातीय समस्या र उत्पीडनलाई समाधान दिनुपर्छ भन्ने एजेन्डा हो । यो एजेण्डा कसरी परास्त हुन सक्दछ ? कुनै पनि समस्याहरूको निधान भइसकेपछि मात्र कुनै पनि एजेन्डाको अर्थ जिवित समाजमा रहन सक्दैन । नेपालमा जातीगत रूपमा आदिवासी जनजातीहरूको समस्या जटिल रूप र प्रकारमा खडा भएको छ । यसको निकासको निम्ति आजसम्म वैज्ञानिक ठोस उपाय नै औल्याएको देखिन्न । संघिय राज्यको संख्याको आधारमा माक्र्सवादी दृष्टिकोणभन्दा भिन्न रहेर यो समस्या निराकरण गर्न सकिन्छ भन्ने जुन होहल्ला मच्चाइएको छ यो कुरो एकदमै गलत छ । गलत यो अर्थमा कि जातीहरूको के–के समस्या छन् । आफै भित्र प्रादुर्भाव भएको र विगतका राज्य शासन व्यवस्थाले उपन्न गराएका उत्पीडन दमन र समस्याहरूलाई निदान गर्ने कुरा प्रमुख कुरा हुन् । तर, ११ राज्य, १५ राज्य, ७ राज्यबाट समस्या समाधान हुन्छ भने चिरचार गर्नु राजनीतिक बालापन मात्र हो । यही बालापन आज नेपाली छापाहरूमा, रेडियोहरूमा, टेलिभिजनहरूमा छ्याप्छ्याप्ती हुन गएको छ । यो कुरिकुरीको विषयमात्र होइन कि पञ्चायतकालको धरान नगरीको दुइटा पागल केटाहरूको जस्तो पागलपन मात्र हुन जान्छ । त्यसकारण यस्ता अनरगल प्रचार गर्नु राष्ट्रलाई अनिष्ठ कालो ढोकातर्फ धकेल्नु मात्र हो । किनभने ढाकछोपका प्रचारवाजीले आजका नेपाली जनताका कुनै पनि समस्याहरू समाधान हुन सक्दैनन् ।
यहाा वर्गीय, लौंगीक र क्षेत्रीय समस्यलाई छुट्याएर नेपालमा विद्यमान रहेको यर्थात जातीय समस्यालाई मात्र एक दुई हरफमा चर्चा गर्न उचित ठान्छु । नेपालमा जातीगत रूपमा दुई खालको समस्या छ एउटा कक्किसियन नस्लभित्र कै सामाजिक दशा अर्का हो भिन्न नस्लबीचको दसा । यीनै दुई खालको समस्याहरूलाई उचित ढंगले अर्थात माक्र्सवादी ढंगले जवसम्म निदान दिन दलहरू अगाडि वढ्दैन तबसम्म जातीय भड्कावबाजीमा माथि भनिएका दुई खालको जातीवादी तत्वहरू यो समाजमा सक्रिय रहनेछन् । सक्रियताको सवुत प्रमाणहरू त यो दोस्रो  संविधानसभाको सम्पन्न निर्वाचनमा प्रत्यक्ष प्रकट भएको छ । यथास्थितिवादीहरू र प्रतिगमनकारी तत्वहरू मिलेर नेपाली समाजमा चुनावी नारामै राम्रा एजेन्डा पराजित गर्नुपर्छ भनेर लगाउन चुकेनन् । पहाडी भेगका अबोध जनताहरूलाई यसो भनियो– एक भोट भाइलाई एक भोट गाइलाई अनि तराई भेगमा यसो पनि भनियो एक भोट गाछिमे एक भोट बाछिमे । ललितपुरको झरुवाराशी गाउमा यस्तो घटना भयो– ए बाबु हाकिम † सर्यमा त भोट हालो अव देखाउनुस् न गाई चिन्ह कहा छ ? यो गजवको मतदान थियो । नेपालका कांग्रेस कम्नीस्ट भनाउने मित्रहरू नेपाली जनताप्रति घात प्रतिघात कसरी गरिरहेका छन् ? कांग्रेस एमालेका नेता कार्यकर्ताले यस्ता विषयमाथि प्रचार नगरेको भए झरुवाराशी गाउमा यो अच्चमको मतदान कसरी हुन गयो ? त्यसकारण कसैले पनि चुरीफुरी गर्न आवश्यक छैन । बोक्रे धाक दिन पनि जरुरी हुदैन । मानव इतिहास सवैले पढेकै छौ, बुझ्न चाही अव अति जरुरी भइसकेको छ । यसको निमित्त धेरै किताव पढ्न आवश्यक छैन । रसुवा धैवुङ गाउ पढ्न जाउ । सिन्धुपाल्चोकको गुम्बा गाउ पढ्न जाउ । हिमाल पत्रिकामा प्रकाशित डा. रमेश ढुंगेलको छोटो लेख पढौ । थप सहयोगका लागि धेरै किताव पढेर लाटो देशको गााडो तन्नेरी बन्न पर्दैन । डा. जेपी सिंहका प्राचीन भारतका किरातीहरू र महेशचन्द्र रेग्मीको इतिहास पढे काफी छ । त्यस कारण एजेण्डाले हार खाएको हो कि नेपालमा कथित नेतागण र विद्धानहरू हार खाएका हुन् यो चाही समय परिस्थितिमा उचित जवाफ प्राप्त हुनेनै छ ।
भाषामाथीको एकाधिकार, धर्ममाथिको दमन र जातको आधारमा जेनोसाइड भएको विषय पतित नेतागण र कथित विद्धानहरूलाई थाहा हुनुपर्ने नै हो । अरु तिरको कुरा छाडौ चितवन जिल्लामा अतिवादीहरूले गुम्बा भत्काएको थाहा नै हुनु पर्ने हो । सहिसष्नुताको नाममा अरु धर्ममाथि भौतिक रूपमा धावा बोल्न कुन धर्मग्रन्थमा उल्लेख छ । त्रिपिटकमा, गीतामा, वाइवलमा, कुरानमा र किरात मुन्धुम धर्मग्रन्थमा ? कहा छ अरु जाती धर्मलम्वीलाई वलात दमन गर्ने विषय र वुदाहरू ? सवै धर्मग्रन्थको सार हो– पापायम् परपिडनम् । तर दोस्रो संविधानसभाको चुनावमा आफूलाई बल्दो लोकतन्त्रवादी ठान्ने मित्रहरूले माथि उल्लेखित नारा उरालेका थिए । जुन लोकतन्त्रविरोधी थियो । नेपाललाई जबरजस्त प्रतिगमनतिर धकेल्न प्रयत्न गरियो । फलस्वरूप २२/२३ स्थान दोस्रो संविधानसभामा राप्रपा नेपाललाई स्थान दिलाउन सफल भएका छन् । धन्य हुन् ती मित्रनहरू । तर थाहा पाउनु पर्ने विषय के छ भने यो राष्ट्र हरेक क्षेत्रमाथि ढलीमली गर्ने मानव जातीको मात्र होइन यसलाई ९० प्रतिशत जनताले स्वीकार गर्ने वाला छैनन् । त्यसकारण संघियता सम्वन्धी विशेष एजेन्डा अरु प्रकाशमय भएर विश्वसामु अगाडि आएको छ ।
दोस्रो संविधानसभा निर्वाचनमा एनेकपा (माओवादी) मतगनणामा तेस्रो स्थानमा देखिएको छ । यसका दुइटै विषय छन् । एक त देखाइएको पनि हो र अर्को देखिएको पनि हो । भन्नुको तात्पर्य एनेकपा माओवादी आफ्नै आन्तरिक कार्यले पनि यो अवस्थामा देखिएको हो भने एकघण्टाको बाटोलाई २ दिन लगाएर पार्टी प्रतिनिधिविहिन अवस्थामा मत पेटिकालाई आध्यारो कोठामा राखिनु पनि यो एउटा बुर्जुवा चुनावी चटक नै थियो । किनभने नेपालको सैन्य हाकिमहरू नेपाली सेना भइसकेका छैनन् । उनीहरूमा शाही हाकिमकालीन धङ्धङी अरु तिव्र रूपमा दिलदिमागमा मच्चीरहेको अवस्य हुनु पर्छ । यो एउटा शंकाजनक चुनावी धादलीको नमुना हो । नेपाली सैनिक जवानहरूलाई दोस दिने कुनै ठाउ छैन । कारण सैन्य शक्ति आज्ञा पालक हुनु पर्दछ । बोल्ने काम कदापी गर्न हुदैन । त्यसै कारण यो निर्वाचन धाधलिरहित भएको छ भनी प्रचारवाजी गर्ने अधिकार निर्वाचन आयोगलाई सुरक्षित नै छ । तर पनि यी शंकाजनक चुनावी गतिविधिलाई छानविन आयोगबाट जनसमक्ष ल्याउनु पर्दछ भन्ने मात्र हाम्रो जिकर हो । यसमा घोषित हाम्रो एजेण्डाहरू जनताद्धारा परास्त गरिए भन्ने जुन गलत प्रचारबाजी भइरको छ त्यो यथार्थमा गलत हो । अब हामीले माथि भनिएको विषय वस्तुलाई गम्भीरतापूर्वक आत्मासात गरा । मनपरी भाषण र लेखन कार्यगर्न आजैदेखि वन्द बगरौ । यसैमा हाम्रो कल्याण छ ।

प्रतिक्रिया