हेटौँडा : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले एक वर्षभित्र नयाँ संविधान तयार पार्न रे बेरोजगारी समस्यालाई न्यून गर्न अहिले सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
केन्द्रीय सदस्य डा. महतले शनिबार आयोजित नेपाल वित्तीय राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको आठँँै राष्ट्रिय महाधिवेशनमा प्रमुख दलहरूले नयँ संविधान जनतामाझ पुर्याएर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने काममा क्रियाशील हुनुपर्ने सुझाव दिए ।
उनले आफ्ना हठलाई त्यागेर संसदमा आपसी समन्वय र समझदारी बनाई संविधान तयार पार्न र जनतालाई आर्थिक आत्मनिर्भरतातर्फ उन्मुख गराउन अहिलेको सरकारमा सहभागी हुन एमाओवादीलाई आग्रहसमेत गरे ।
नेकाका केन्द्रीय सदस्यद्वय राजन पन्त र बद्री पाण्डे तथा मकवानपुर जिल्लाका नवनिर्वाचित संविधानसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रमुख दलहरूले जनताको आर्थिक स्थिति उकास्न संसदमा प्रस्ताव लिएर जानुपर्ने बताएका छन् । (सौस)
प्रतिक्रिया