काठमाडौं, ५ मंसिर । नेपालले पपुवा न्युगीनीसंग मंगलबार भएको ट्वान्टी २० बिश्वकप क्रिकेट प्रतियोगिताको खेलमा सात विकेटको जित हात पारेको छ । नेपालले १ सय ४१ रनको लक्ष्य १० बल बाकी रहदा चार विकेटको क्षतीमा पुरा गर्यो ।
बिनोद भण्डारीले सिआर अमिनीको बलमा छक्का प्रहार गर्दै खेलको औपचारिकता पुरा गरे । म्यान अफ दम्याच घोषित भण्डारीले २३ बलमा ५१ रन प्रहार गरे । उनले एक चौका र ६ छक्का प्रहार गरे । पारस र बिनोदले पााचै विकेका लागि अविजित ७१ रनको साझेदारी गरे । बिनादले १९ बलमा २६ रन प्रहार गरे ।सुुबास खकुरेलले ३७ बलमा ३८ रन प्रहार गरे । सागर पुन र ज्ञानेन्द्र मल्लले १०/१० रन प्रहार गरे ।
यस अघि टस जीतेर पहिले ब्याटिङ गरेको पपुवा नयुगीनीले ६ विकेटकाो क्षतीमा १ सय ४० रन जोड्यो । महुरु दाइले २२ बलमा ३६ रन जोडे । यसैगरी गेरेन्ट जोन्सले ५३ बलमा ५५ रन जोडे । नेपालका कप्तान पारस खड्काले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लीए । यसैगरी अमृत भट्टराइले चाार ओभरमा २७ रन खर्चेर र जीतेन्द्र मुखीयाले चार ओभरमा ३० रन खर्चेर एक विकेट लीए । नेपालले छनोट चरणमा चार खेल खेलेको छ । चार मध्य तीनमा जीत र एकमा हार ब्यहोरेको छ ।
प्रतिक्रिया